arrow

चितवन नवलपुर प्रसारक मञ्च गठन

logo
प्रकाशित २०७५ माघ २७ आइतबार
chitwan-nawalpur-prasarak-munch.jpg

भरतपुर । चितवन र नवलपुरमा रहेका रेडियो र टेलिभिजन सञ्चालकहरुको भेलाले चितवन नवलपुर प्रसारक मञ्च गठन गरेको छ । मञ्चको अध्यक्षमा रेडियो भरतपुरका अध्यक्ष नविनराज पौडेल चयन भएका हुन् । 

शुक्रबार र शनिवार चितवनको सौराहामा आयोजित भेलाले पौडेललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । मञ्चको तीन जना उपाध्यक्षहरुमा रेडियो माडीका अध्यक्ष सुर्यपाठक , आभाष टेलिभिजनका अध्यक्ष कोमलचन्द्र भगत र देबचुली टेलिभिजनका स्टेशन म्यानेजर कृष्णाकुमारी ढकाल चयन भएका छन् । 

सचिवमा ड्रिम्स एफएमका महाप्रवन्धक रमेश बस्ताकोटी , सहसचिवमा नवलपुर एफएमकी  राधिका भुषाल र रेडियो संकेतका यदुनाथ सिग्देल चयन भएका छन् ।

त्यसैगरी कोषाध्यक्षमा शिबशक्ति एफएमका स्टेशन म्यानेजर रमेश कुमार पौडेल र सहकोषाध्यक्षमा ह्याप्पी एफएमका प्रवन्ध निर्देशक दिपेश कडरिया चयन हुनुभएको छ । भेलाले अभियान टेलिभिजनका निर्देशक बेदप्रसाद आचार्यको संयोकत्वमा बिजय एफएमका सहायक स्टेशन म्यानेजर प्रेम क्षत्री र मध्यविन्दु एफएमका स्टेशन म्यानेजर आषिष रेग्मी सदस्य रहनेगरि लेखासमिति समेत चयन गरेको छ । 

भेलाले चितवन र नवलपुरमा रहेका प्रसारक सस्थाहरुलाइ एकबद्ध गर्दे सामुहिक बजारीकरण गर्ने निर्णय समेत गरेको छ।

प्रसारक सस्थाहरु बिचको एकतार स्वस्थ प्रतिस्पर्धालाई मजवुत पार्दे समान बिज्ञापन निति तय गर्ने तथा प्रसारण सस्थाहरुमा कार्यरत कर्मचारी तथा पत्रकारहरुका लागि क्षमता अभिबृद्धी तालिमहरु समेत सञ्चालन गर्ने निर्णय भेलाले गरेको अध्यक्ष नविनराज पौडेलले जानकारी दिए । 

भेलामा उपस्थित रेडियो तथा टेलिभिजनका सञ्चालकहरु बिच अनुभव आदान प्रदान गर्दे प्रसारण सस्थाहरुलाइ आईपर्ने सामुहिक चुनौतीहरुलाई कसरी एकबद्ध भई सामना गर्ने भन्ने बिषयमा समेत व्यापक छलफल भएको सचिव रमेश बस्ताकोटीले जानकारी दिए । 

भेलामा चितवन र नवलपुरमा रहेका १८ वटा रेडियो स्टेशन र ४ वटा टेलिभजनहरुका अध्यक्ष , स्टेशन म्यानेजरहरुको सहभागिता रहेको थियो । सँस्थाको कार्यसमितिमा सम्पुर्ण रेडियो टिभीका संचालक रहने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ