arrow

विष्णु माझीको सालको पातको टपरीपछि ‘के यस्तो हुन लेखेको..’ [भिडियोसहित]

logo
प्रकाशित २०७५ माघ २७ आइतबार
k_huna_lekheko.jpg

काठमाडौँ । नेपाली लोकगीतको क्षेत्रमा फेरी अर्को एउटा नयाँ गीतले कीर्तिमानी बाटो तय गर्न लागेको छ । युट्युव च्यानलमा राखिएको छोटो अवधिमै अत्यधिक धेरै हेरिएको गीतको सूचीमा पर्न लागेको हो नयाँ लोकगीत “के यस्तो हुन लेखेको” ।

कीर्तिमानी गीत सालको पात टपरी हुने बोलको तीतको चर्चा सेलाउन नपाउँदै उनै चर्चित गागिका विष्णु माझीको स्वरमा आएको हो गीत के यस्तो हुन लेखेको । माझीलाई स्वरमा साथ दिएका छन् अर्का चर्चित गायक मोहन खड्काले । 

विल्कुलै नयाँ विषयबस्तुमा आधारित यस गीतमा लोकप्रिय मोडल विमल अधिकारी, साया भण्डारी, सुमन ढकाललगायतले अत्यन्त मार्मिक र जिवन्त अभियान गरेका छन् । कलाकारहरुको अभियानले दर्शकहरु गीतमा हराउने र आफैलाई बिर्सने गरेको धेरै दर्शकले प्रतिक्रिया दिएका छन् । 

भारतीय सेनामा कार्यरत पाल्पा रामपुरका स्थायीबासिन्दा सुमन ढकालले भावना म्युजिक सोलुशन माफ्त यो गीत बजारमा ल्याएका हुन् । मोडल बिमल अधिकारीको शब्द रचना रहेको उक्त गीतलाई अधिकारीको यसअघिको चर्चित गीत सुन सवैले सुनको भाग दुईको रुपमा प्रस्तुत गरिएको छ । 

गीतमा खेम सेन्चुरीको लय र भिडियो निर्देशन कपिल लामाले निर्देशन गरेका हुन् भने राजेश घिमिरेले छायांकन तथा अमर शाक्यले सम्पादन गरेका हुन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ