arrow

तिहारको आगमनसँगै बजारमा चहलपहल

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
13189031.jpeg
काठमाडौं । नेपालीहरुको दोश्रो ठूलो चाड तिहार नजिकिएसँगै राजधानीका मुख्य बजारमा चहलपहल बढेको छ । असन, मखन, त्यौड, हनुमानढोका, मरु आदि ठाउँमा तिहारका लागि चाहिने मखमलि फूल, हाँसको अण्डा, सुकेको माछा, टिका तथा पुजाका सामान बिक्री तथा किनमेल गर्नेको भीड लागेको छ । 

तिहारमा नेपालीहरुले लक्ष्मी पूजा, गोबर्धन पूजा तथा भाइटिका मनाउँछन भने नेवार समुदायले म्हःपुजा विशेष उत्सवका साथ मनाउने गर्छन । मूल्य वृद्धि र भारतले गरेको अघोषित नाकाबन्दीका कारण खाना पकाउने ग्यासको चरम अभावका बीच नेपालीहरुले तिहार मनाउन गइरहेका छन् । 

‘बल्लतल्ल दशैँ मनायौँ र भएको ग्यास पनि सकियो, अब तिहारमा खानेकुरा कसरी पकाउने ?’ किनेमेलका लागि आएका कालु ढुगानाले भने । मखनमा तिहारका सामान बिक्री गर्दै आएका कमल श्रेष्ठ भन्छन्, ‘तिहारको चहलपहल सुरु भएको छ । तर अनुमान गरे जस्तो व्यापार भने अझै बढ्न सकेको छैन्, तिहारसम्म पुग्दा बढछ की ।’ 

भरखरै दसैँ सकेर काठमाडौँ फर्केका सूर्य तामाङले भने, ‘यस पटकको दसैँ दुखका साथ बित्यो । बस्तुभाउ निक्कै महङ्गा भएका छन् छोइ नसक्नु छ । अर्कोतर्फ सवारी साधन नपाउने र ग्यासको अभावले तिहार पनि खल्लो हुने देखियो ।’ 

सुन्धारा, रत्नपार्क, असन, त्यौड आदि क्षेत्रमा जुत्ता, लुगाफाटादेखि दैनिक उपभोग्य सामान बिक्री गर्नेको सङ्ख्या ह्वात्तै बढेको छ । त्यस्तै काठमाडौँ मल, गोङ्गबुमा रहेको बुद्ध मल, कमलपोखरीमा रहेको सीटि मल आदि ठूलठुला व्यापारिक केन्द्रमा पनि किनमेल गर्नेको भीड बढेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ