arrow

टेलिकमद्वारा वाग्मती सरसफाइका लागि सामग्री हस्तान्तरण

logo
प्रकाशित २०७५ माघ २७ आइतबार
telecom-bagmati.jpg

काठमाडौं। नेपाल टेलिकमले आफ्नो स्थापनाको १५औँ वार्षिकोत्सवको अवसरमा वाग्मती सरसफाइका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ। टेलिकमको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिकोत्सवका अवसरमा सरसफाइ अभियानमा प्रयोग गर्न कम्पनीको लोगो अङ्कित १२५ थान वाटरप्रुफ ट्र्याकसुट, ४०० जोर गमबुट, १०० थान फोहर तान्ने सुइरोलगायत सामग्री उपलब्ध गराइएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

टेलिकमले ५० थान दाँते, ४०० जोर बाक्लो पञ्जा, १०० थान डोको-थुन्से, ५०० थान मास्क र ५०० थान कम्पनीको लोगो अङ्कित क्यापसमेत उपलब्ध गराएको छ। वाग्मती सफाइ महाअभियान आरम्भ भएको ३००औँ हप्ता पुगेको अवसरमा मनोहरा दोभानमा आयोजित विशेष कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका प्रमुख आशीष घिमिरेलाई सफाइ सामग्री हस्तान्तरण गरे।

नेपाल टेलिकमले वाग्मती सफाइ महाअभियान शुरु भएको दोस्रो हप्तादेखि नै हरेक हप्ता समूहगत रुपमा आफ्ना ग्राहकलाई सफाइ अभियानमा संलग्न हुन कम्पनीका तर्फबाट निःशुल्क एसएमएस पे्रषित गर्दै आएको छ।

विसं २०७० जेठ ५ गते तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सफाइ महाअभियानको शुभारम्भ गरेका थिए। वाग्मती सरसफाइ अभियानमा अहिलेसम्म करीब १८ हजार मेट्रिक टन फोहर उठाइसकिएको छ। यस कार्यमा एक हजार ८५० सङ्घसंस्था आबद्ध रही करीब दश लाख स्वयंसेवी परिचालन भएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ