arrow

मध्य तमोर जलबिधुत आयोजनाको साँढे ९ अर्व वित्तीय ब्यबस्थापनमा सात बैंक

logo
प्रकाशित २०७५ माघ २७ आइतबार
tamor-river.jpeg

काठमाडौं। सानिमा हाइड्रो समूहको सानिमा मिडिल तमोर हाईड्रोपावर लिमिटेडले प्रबर्धन गरेको ७३ मेगावाट क्षमताको मध्य तमोर जलबिधुत आयोजनाको वित्तीय ब्यबस्थापन नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाई तथा नविल बैंक र ग्लोबल आइएमई बैंकको सह अगुवाईमा आइतवार भएको छ ।

आयोजनाको कुल लागत बाह्र अर्ब अठ्सठ्ठी करोड रहेको छ। आयोजनामा ७ बटा बैंकहरुको सहवित्तियकरण द्वारा ७५ प्रतिशत अर्थात ९ अर्व ५१ करोड ऋण लगानी गरिनेछ ।

वित्तीय ब्यबस्थापनका अन्य सहभागी बैंकहरुमा एनएमबी बैंक, एनसीसी बैंक, लक्ष्मी बैंक र नेपाल एसबीआइ बैंक रहेका छन्।

मध्य तमोर जलबिधुत आयोजना ताप्लेजुंगस्थित मिक्वा खोला र फक्तान्लुंग गाउपालिका भएर बग्ने तमोर नदीमा प्रस्ताब गरिएको छ। आयोजनाको व्यवसायीक उत्पादन २०७८ भाद्र २८ गते लक्ष्य रहेको आयोजना कार्यालयले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ