arrow

म्यानचेस्टर सिटीले ल्यायो उपाधि जित्ने लक्षण, अगुएरोको ह्याट्रिकले चेल्सी निरीह 

logo
प्रकाशित २०७५ माघ २८ सोमबार
mancity11.jpg

काठमाडौं । म्यानचेस्टर सिटीले इंगलिश प्रिमियर लिग फुटबलको यस सिजनको उपाधि जित्ने लक्षण ल्याएको छ । पूर्व विजेता चेल्सीमाथि घरेलु मैदानमा आइतबार राति ६–० को फराकिलो जित हासिल गर्दै सिटीले उपाधि कुम्ल्याउने लक्षण ल्याएको हो । 

Oleksandr Zinchenko cut the ball across the area for Raheem Sterling to sweep into the back of the net for a remarkable 6-0

दोस्रो स्थानको लिभरपुलभन्दा एक खेल बढी खेलेर समान ६५ अंकसहित गोलअन्तरका आधारमा सिटी शीर्ष स्थानमा उक्लेको छ ।

The pacey attacker clenched his fists and stuck out his tongue to celebrate after scoring his second goal in the game

आकर्षक फर्ममा रहेको सिटी निरन्तर सफल हुँदै जाँदा लिभरपुलले कुनै पनि खेल हार्दा उपाधिबाट चुक्न सक्छ । 

Sergio Aguero completed his hat-trick after coolly slotting home a penalty in the second half to put City five goals ahead

घरेलु मैदानमा सर्जियो अगुएरोले ह्याट्रिक गरेपछि सिटीको जित सहज बनेको थियो । टोलीका लागि रहिम स्ट्रलिङले २ र इल्क्ये गुन्डुगानले १ गोल गरे । 

The spot kick was won after Sterling cut inside Cesar Azpilicueta and the Spaniard made a late lunge of a tackle

स्ट्रलिङले चौथो मिनेटमा गोल गर्दै अग्रता दिलाएको खेलको पहिलो हाफमै सिटीले ४–० को अग्रता लिएको थियो ।

Aguero was then substituted by manager Pep Guardiola to a standing ovation, and shared a joke with his manager

अगुएरोले १३ औं र १९ औं तथा गुन्डागानले २५ औं मिनेटमा गोल गरे । अगुएरोले ५६ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । स्ट्रलिङले ८० औं मिनेटमा अर्को गोल थपेका थिए ।

Ilkay Gundogan's pinpoint, finessed effort beat both the Chelsea defence and goalkeeper to put City up 4-0 before half-time

लिगमा तेस्रो स्थानको टोटेनह्यामको ६० अंक छ । टोटेनह्यामले आइतबार राति नै लेस्टर सिटीलाई ३–१ ले हराएको थियो ।

The ball came to rest in the back of the Chelsea net while scenes of dejection quickly broke out inside the penalty area

चौथो स्थानको म्यानचेस्टर युनाइटेडको ५१ अंक छ ।पाँचौं स्थानको आर्सनल र छैटौं स्थानको चेल्सीको समान ५० अंक छ । 

Chelsea defenders were left furiously asking questions and shifting the blame as Gundogan peeled away to celebrate

The German was hoisted into the air by defender Kyle Walker as Bernando Silva headed over to join the celebrations

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ