arrow

फेरि बिग्रियो मौसम 

logo
प्रकाशित २०७५ माघ २८ सोमबार
weather1.jpg

काठमाडौँ । आइतबार सुधार आएको मौसम सोमबार फेरि बिग्रिएको छ । सोमबार फेरि बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभाव फेरि बलियो भएर आएकोले सोमबारको मौसममा आशिंक देखि सामान्य बदली रहने महाशाखाले उल्लेख गरेको छ । 

आइतबार देशभरको मौसम सफा भएर घाम लागेको थियो । लगातार चार दिन भारी वर्षासहित बदली भएको मौसममा आइतबार सुधार आएपछि ठूलो राहत महसुस भएको थियो ।  

सोमबार देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

उच्च पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ ।

त्यस्तै राति देशको पश्चिमी र मध्य भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

 माघ २९ गते (मंगलबार) 

मंगलबार पश्चिमी र पूर्व तथा मध्यका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

राति देशको पश्चिमी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

 फागुन १ गते (बुधवार)

बुधबार दिउँसो देशको पश्चिमी भूभाग साथै पूर्व र मध्यका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै राति देशभरी आंशिकदेखि सामान्य बदली रहनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ