arrow

प्रेरणाः एक जन्मजात मस्तिष्क पक्षघातका बिरामी जसले उठाए आफूभन्दा दुई गुणाबढी वजन [अपडेट]

logo
प्रकाशित २०७५ माघ २८ सोमबार
mental-boy-body-building.jpg

काठमाडौं । एक जन्मजात मस्तिष्क पक्षघात (सेरब्रल पाल्सी) बिरामी जसले आफूभन्दा दुई गुणाबढी वजन उठाएका छन् । तिनै मस्तिक पक्षघात बिरामी जसलाई केही अन्तर्राष्ट्रिय मिडियाले मानसिक बिरामी पनि भनेका छन् तिनलाई हलिउडका अभिनेता एवं पूर्व भारतत्तोलन खेलाडी अर्नाल्ड श्वार्जनेगरले आफ्नो नयाँ हिरो भएको बताएका छन् । 

पछिल्लो समय सामाजिक संजालमा भिडियो भाइरल भइरहेको छ । तिनै पीडित माइल्स टेलर नामका मानिसले ९० किलोको वजन उठाएका छन् । 

अर्नाल्डले यही भिडियो बाहिर ल्याएर टेलरलाई आफ्नो हिरो बताएका हुन् । 

स्पोर्टस च्यानल एसपिएनले पनि भिडियोलाई देखाइदिएको छ । इन्स्टाग्राममै टेलरका डेढ लाख फलोअर्स छन् ।

एक वर्ष पहिले अमेरिकाको टेक्सासमा टेलरले शारीरिक सुगठन सुरु गरेका थिए । अहिले उनको तौल ४५ किलो छ र उनी सजिलै ९० किलो तौल उठाउन सक्छन् । 

उनलाई उनका प्रशिक्षक निकोले मायर्सले हौसला दिइरहेका हुन्छन् । 

को हुन् टेलर ?
क्यारोल काउन्टी टाइम्सका अनुसार टेलर सन् २०१३ मा वेष्टमिनिस्टर हाइस्कुलबाट ग्राजुएट हुन् । उनी जन्मजात मस्तिष्क पक्षघात भएका बिरामी हुन् । 

उनी भियतनाममा जन्मेका थिए । उनलाई अमेरिकी महिलाले छोराको रुपमा ग्रहण गरेर ल्याएकी थिइन् । 

उनका एक ग्रहण गरिएका कोरियाली भाइ पनि छन् । ती आमा पनि मरेपछि टेलरलाई परिवारका सदस्यहरुले अभिभावकीय भूमिका खेलिरहेका छन् । 

जब टेलरले स्कुलमा पढ्न थाले उनी म्याकडानियल कलेजको फुटबल कार्यक्रममा सहभागी भए । उक्त क्रममा फुटबलका पूर्व प्रशिक्षक टिम किटिङ र उनकी पत्नी क्लाउडियासंग भेट भए । क्लाउडियाले टेलरलाई पनि निजी शिक्षकका रुपमा पढाउन थालिन् । 

टाइम्सका अनुसार टेलर चार वर्षको छँदा उनले टाउको समेत उठाउन नसक्ने बच्चाले जीवनमा के गर्ला भनेर सोचिरहिन् । 

तर तिनै टेलर स्पेशल ओलम्पिकको इभेन्टमा भाग लिन गए । उनले क्यारोल कम्युनिटी कलेजमा कम्प्युटर ग्राफिक्स सिके । 

उनले त्यसपछि आफैले आर्टवर्क ब्यापार गर्न थाले । सन् २०१६मा टेलरले आर्ट शो नै गरे वेष्टमिनिस्टरमा रहेको ग्रेस लुथेरान चर्चमा ।

टेलरले भारत्तोलन प्रतियोगिताका तस्वीरहरु पनि खिचे । त्यसपछि उनले त्यो प्रतियोगिताको च्यालेन्ज पनि स्वीकारे र अहिले उनले आफूभन्दा दोब्बर वजन उठाउन सक्ने भएका छन् । 

क्वाउडिया भन्छिन्, ‘उ पछाडि फर्कन्न, उसलाई चुनौती देउ उसले पूरा गरेर देखाउँछ ।’

अद्भुत त यतिबेला पक्कै भएको छ जो जन्मजात मस्तिष्क पक्षघातले पीडित छ उसले यो सफलता चुम्नु पक्कै पनि ठूलो प्रेरणाको स्रोत बन्न सक्छ । 

त्यसै भनेका हैनन् अर्नाल्डले कि टेलर उनका हिरो हुन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ