arrow

राष्ट्रिय सभा बैठक ११ मिनेटमै सकियो, विद्यार्थी पक्राउ गरिएकोप्रति काँग्रेसको विरोध  

logo
प्रकाशित २०७५ माघ २८ सोमबार
rastriya_sava11.jpg

काठमाडौं । राष्ट्रिय सभाको सोमबारको बैठक ११ मिनेटमा नै स्थगित गरिएको छ । विभिन्न विधेयकहरु सम्बन्धी प्रस्तावहरु पारित गर्दै बैठक मंगलबार फेरि बस्नेगरी स्थगित भएको हो । 

बैठक सुरु भएपछि राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट पारित भएको वेपत्ता पारिएका व्यक्ति, सत्यनिरुपण तथा मेलमिलाप आयोगको विधेयकको पारित सम्बन्धी सूचना राष्ट्रिय सभामा पेश गरेका थिए । सो सन्देश सुनाएसँगै नेपाली काँग्रेसका सांसदहरुले राष्ट्रिय सभा अध्यक्षसँग समय माग गरेका थिए । 

त्यसपछि काँग्रेस सांसद विन्दा आलेले केही दिन अघि नेपाल विद्यार्थी संघका कास्की शाखाका विद्यार्थी नेताहरुलाई पक्राउ गरिएको विषयमा सभा मार्फत् सरकारको ध्यानाकर्षण गराएकी थिईन् । उनले ती नेताहरुले जलाउँदै नजलाएको गाडी समेत जलाएको भनी झुठा मुद्दामा अझै थुनामा राखेको भन्दै सरकारको विरोध समेत गरेकी थिईन् । उनले संसद मार्फत् नै सरकारलाई ती विद्यार्थीहरुलाई यथासक्य चाँडो रिहा गर्न समेत सरकारसँग माग गरेकी थिईन् । निर्मला पन्तको हत्यारालाई ५ महिनासम्म पत्ता लगाउन नसकेको सरकारले ७ दिनदेखि विभिन्न विद्यार्थीहरुलाई थुनामा राखेको भन्दै उनले विरोध गरेकी हुन् । 

त्यसपछि सभामा गृहमन्त्री रामबहादुर थापाले ज्येष्ठनागरिक सम्बन्धी पहिलो संशोधन विधेयक २०७५ लाई दफावार छलफलको लागि विधायन व्यवस्थापन मितिमा पठाईयोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव सर्वसम्मतीले पारित भएपछि अर्थमन्त्री युवराज खतिवडाले प्रतिनिधिसभाबाट पारित भई आएको निवृत्तिभरण कोष सम्बन्धी विधेयकलाई खफाबार छलफलको लागि विधायन व्यवस्थापन समितिमा पठाईइोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव पनि सर्वसम्मतिले पारित भएको थियो । 

त्यसपछि अर्थमन्त्री खतिवडाल नै नागरिक लगानी कोष सम्बन्धी विधेयकको दोस्रो संशोधनलाई विधायन समितिमा पठाईयोस् भन्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव समेत सर्वसम्मतीले पारित भएपछि विज्ञापन नियमन गर्नै विधेयकलाई समेत विधायन समितिमा पठाउने निर्णय गर्दै सभाको बैठक मंगलबार विहान ११ बजेसम्मकोलागि स्थगित गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ