arrow

आगामी चलचित्र बारे अजयको यस्तो खुलासा

logo
प्रकाशित २०७५ माघ २८ सोमबार
ajay-devgan.jpg

काठमाडौं । बलिउड अभिनेता अजय देवगन आफ्नो आगामी चलचित्र ‘टोटल धमाल’ लाई लिएर चर्चामा रहेका छन् । चलचित्र ‘टोटल धमाल’ २२ फेवरबरी मा रिलिज हुदैछ । चलचित्र रिलिज हुनु पुर्व अजय देवगनले हालै एक अन्तर्वार्तामा आफ्नो आगामी प्रोजेक्ट्सको बारेमा खुलासा गरेका छन् ।

अजय देवगनको फिल्म ‘टोटल धमाल’ को प्रमोशन कै क्रममा एक अन्तर्वार्तामा आफ्नो आगामी चलचित्रको बारेमा यस्तो भनेका छन् जुन सुनेर दर्शक छक्क परे। अजयलाई कार्यक्रमका प्रस्तोताले ‘गोलमाल ५’ र ‘सिंघम ३’ मा सबैभन्दा पहिले कुन चलचित्र रिलिज हुनेछ ? भन्ने प्रश्न गरे।  तब अजयले भने 'अहिले हामी पनि विचार गरिरहेका  छौ कि यी दुई चलचित्र मध्ये कुन चलचित्रको सुटिङ पहिले सुरु गरौं भनेर ।'

अजय देवगन पछिल्लो समय धेरै निकै व्यस्त रहेका छन् । उनको बहुप्रतीक्षित चलचित्र ‘तानाजी’ सबैभन्दा बिशेष रहेको छ । अजयको उक्त चलचित्र करियरको १०० औँ चलचित्र हुने भएकाले पनि चलचित्र बिशेष हुनेछ । चलचित्रमा अजय मराठा साम्राज्यका वीर निष्ठावान सरदार तानाजी मालुसरेको भुमिकामा रहनेछन् । फिल्मको निर्देशन ओम राउतले गर्दैछन् । फिल्ममा अजयसँग सैफ अली खान रहनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ