arrow

वर्थ डे मनाउन आकाश र आँचल सुटुक्क धुलिखेलमा

logo
प्रकाशित २०७५ माघ २८ सोमबार
aanchal-birthday.jpg

काभ्रे। नेपाली दर्शकमाझ आफ्नो छुट्टै पहिचान बनाई सकेका चर्चित नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्मा एकाएक धुलिखेलको मिरावल होटलमा देखा परे। आकाशले आँचललाई सरप्राईज दिन सुटुक्क धुलिखेल लगेका थिए । एकाएक आकाश र आँचलको टेबलमा बर्थडे केक आईपुग्छ । आकाशले आँचलको बर्थडे सेलिब्रेसनको तयारी गरेका रहेछन्। आँचलले बर्थडेको केक काट्छिन उता आकाशले पपअप पड्काउँछन् । आकाशले केक आँचललाई खुवाउँछन् अनि आँचलले खुशि भएर आकाशलाई मुस्कान सहित प्रेमभाव प्रकट गर्छिन। होटेलको रेष्टुरेन्टमा रहेका सबैले आँचललाई बर्थडे विस गर्छन । त्यहि बेला पर बाट निर्देशक प्रभावनले “ओके” गर्छन । ल अब अर्कौ एङगलबाट सट लिउ । 

यतिकैमा होटलमा रहेका सबैको ध्यान भङ्ग हुन्छ । ए सुटिङ पो रहेछ । चर्चित गाएक प्रमोद खरेलको गाएन रहेको गजल “समय आए पछि” को म्युजिक भिडियोको सुटिङको लागि नेपाली सिने क्षेत्रका व्यस्त यो जोडीलाई लिएर निर्देशक प्रभावन पर्यटकिय नगरी धुलिखेलको मनमोहक दृश्य कैद गर्न मिराबल होटेलमा व्यस्त देखिन्थे । हेर्दा लाग्थ्यो म्युजिक भिडियो हैन कि फिल्मकै सुटिङ भैरहेको छ । आकाश र आँचललाई साथ दिईरहका थिए कलाकारहरु रश्मि भट्ट, राजाराम गौतम र श्वेता गोलेले । 

क्यामेराम्यान टंक केसि र उनको साथमा ग्राफर विषेश महर्जन असिन पसिन हुँदै सटहरु लिईरहेका थिए । उता डि.ए.आर मुभिजका व्यवस्थापक डिएन दाहाल (धनपति) बिहेको सिनका लागि ठुलो सेट बनाउन र भिड व्यवस्थापनको कसरतमा टिम लिएर दौडधुप गरिरहेका देखिन्थे । धुर्व के.सि.को रचना रहेको उक्त गजलमा संगित ईश्वर खत्री र संयोजन किरण कँडेलले गरेका छन् भने कला रोशन झा, मेकअप निमा लामाले गरेका छन् ।

नायक आकाश भन्दै थिए म म्युजिक भिडियो सुटिङ हैनकि कुनै बिग मुभिजको गित गरिरहेको छु झै लागि रहेको छ । उता आँचल मलिनो स्वरले भन्छिन यो म्युजिक भिडियोको कथालाई लिएर निर्देशक प्रभावनले मलाई पहिलो पटक धुलिखेल अस्पतालमा लगि एमआरआई गराए । आँचलको यो पहिलो अनुभव थियो । एमआरआई मेसिनबाट बाहिर निस्केपछि आँचलले लामो स्वास फेर्दै भनिन् – “हे भगवान यो प्रभावन दाईले मलाई कति सम्म खटाउनुभएको, सात्तो उडाउनुभयो र पनि रमाइलो भैरहेको छ ” । भिडियोलाई लिएर आकाश र आँचल निकै उत्साहित रहेका छन् ।

छोटो समयमा सांगितिक बजारमा आफ्नो अलग्गै पहिचान बनाएर अघि बढिरहेको डि.ए.आर मुभिजले यो गित बजारमा आउँदा नेपाली दर्शकलाई अलग्गै स्वाद पस्कन सफल हुनेमा व्यवस्थापक डिएन दाहाल विश्वस्त छन् । ईश्वर खत्रि र धुर्व के.सिको संयुक्त प्रस्तुति “समय आए पछि” गजल संग्रह डि.ए.आर मुभिजले चाँडैनै बजारमा ल्याउने तयारी गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ