arrow

राजश्व छली गर्ने वडाध्यक्ष र सचिवलाई कारवाहीको माग

logo
राखी साह ,
प्रकाशित २०७५ माघ २८ सोमबार
karbahi-maag.jpg

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष रामचन्द्र साह र वडा सचिव गौरीशंकर साहको मिलेमतोमा राजश्व छली हुने गरेको खुलासा भएको छ ।

 वडा नम्बर ११ कार्यालयले सेवाग्राहीबाट बुझेको रकमको रसिद नदिई राजश्व छली गर्ने गरेको सामाचारप्रति आफनो ध्यान आकृष्ट भएको नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका नगर कार्य समितिले जनाएका छ  । समितिका सभापति   मनोज कुमार  साहले आईतवार एक प्रेस विज्ञप्ति जारी गरि सचिव राजपाबाट निर्वाचित वडाध्यक्ष रामचन्द्र साह र वडा सचिव गौरीशंकर साहलाई कारवाहीको मांग गरेका छन ।

बिहीबार उपमहानगरपालिकाकी उपमयेर रिताकुमारी मिश्रसहितको टोलीले गरेको आकस्मिक अनुगमनका क्रममा वडा कार्यालयले राजश्व रकम छली गर्दै आएको खुल्न गएको छ । वडा कार्यालयले सेवाग्राहीबाट लिने दस्तुरको रसिद र दर्ता चलानीको तथ्यांक मिलान नभएपछि राजश्व छली हुने गरेको देखिएको हो   । पछिल्लो समय माघ १५ गते कार्यालयले एक सेवाग्राहीबाट घरबाटो प्रमाणितवापत एक हजार १० रुपैयाँ लिएको थियो ।

तर, वडा कार्यालयले सेवाग्राहीलाई राजश्व रसिद नदिएको भेटिएको छ । यही प्रमाणका आधारमा उपमेयर झा, निमित्त प्रशासकीय अधिकृत प्रदीप साहसहितको टोली बिहीबार वडा कार्यालय पुग्दा अरु सेवाग्राहीलाई पनि रसिद नदिएको पाइएका छन । एक सय २४ जना सेवाग्राहीका नाममा दर्ता चलानी गरिए पनि २७ वटा रसिद मात्र काटेको पाइएका छन  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ