arrow

महाधिवेशन गराउन नसकेपछि नेविसंघका अध्यक्ष महरले दिए राजीनामा

logo
प्रकाशित २०७५ माघ २८ सोमबार
NSU_mahar.jpg

काठमाडौं । नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका छन् । कार्यसमितिको म्यान सकिएको झण्डै ६ महिनासम्म पनि महाधिवेशन गराउन नसकेपछि अध्यक्ष महरले सोमबार पार्टी सभापति शेरबहादुर देउवा समक्ष राजीनामा दिएका हुन् । 

कार्यसमितिको बैठकले कार्यसमितिको म्याद थप्दै जाँदा ६ महिनासम्म पनि यो कार्यसमितिले महाधिवेशन गराउन सकिरहेको छैन । कार्यसमितिको बैठकबाट यो कार्यसमितिको म्याद थप गर्ने वा नगर्ने भन्नेबारे पार्टी भित्रै विवाद भईरहेको समयमा अध्यक्ष महरले सोमबार राजीनामा दिएका हुन् । 

उनले आफूले स्ववियू निर्वाचन गर्ने अर्जुन दृष्टि राखेको भएपनि पार्टी भित्र कार्यसमितिको म्याद थप गर्ने वा नगर्ने भन्ने विषयमा केन्द्रीय समितिमा नै मत मतान्तर रहेको विषयलाई ध्यान केन्द्रीत गर्दै आफूले राजीनामा दिएको स्पष्ट पारेका छन् । उनले पार्टी एक ढिक्का भएर सर्वसत्तावाद विरुद्ध लड्नु पर्ने समयमा नेविसंघको विवादमा पार्टी विभाजित हुने र यही विषयमा केन्द्रीत हुने काम नहोस् भन्नको लागि आफूले राजीनामा दिएको समेत आफ्नो राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

राजीनामा पत्रमा महरले नेपाल र भारतको सीमा बीरगञ्जको छपकैयामा सीमा मिचिएको विरोधमा दशगजा क्षेत्रमा नेविसंघले गरेको ठूलो प्रदर्शन, हरेक वर्ष नेविसंघको तर्फबाट संयुक्त राष्ट्रसंघ युथ एसेब्लीमा विधिवत सहभागिताको व्यवस्था, २० वर्ष पछि सोसलिष्ट इन्टरनेशनल अफ युथको उपाध्यक्षमा नेविसंघको विजयसँगै नेविसंघको ६ लाख ५० हजार जना सदस्यता वितरण गरिनु नै आफ्नो कार्यकालको महत्वपूर्ण उपलब्धी रहेको उल्लेख गरेका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ