arrow

ट्राफिकलाई छक्याएर भाग्दै गरेको मोटरसाईकल ट्याक्टरमा ठोक्किएपछि

logo
राखी साह,
प्रकाशित २०७५ माघ २८ सोमबार
14-06-11-Motarsicyl_durghatana.jpg

जनकपुरधाम । प्रदेश नम्बर दुई को राजधानी जनकपुरमा ट्राफिक नियम उलंघन गरी भाग्दै गरेको मोटरसाईकल ट्याक्टरमा ठोक्किएर दुर्घटना हुँदा तीनजना घाइते भएको छ ।

सरस्वती पूजाको दिन जनकपुरबाट ज १२ प ६१६३ नम्बरको मोटरसाइकलमा तीनजना सवार भई धनुषाको सपहीतर्फ जाँदै गरेको अवस्थामा विपरित दिशाबाट आइरहेको ना ६ त ३५५१ ट्रयाक्टरमा ठोक्किएर जनकपुरको मुजेलियास्थित रमन कन्ट्रकसन  नजिक दुर्घटना भएका छन ।

दुर्घटनामा मोटरसाइकल चालक जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ तेतरिया बस्ने १८ वर्षीय मुन्ना यादव, मोटरसाइकलमा सवार नगराईन नगरपालिका डेवडिहा बस्ने १५ वर्षीय अमित यादव र शहीदनगर नगरपालिका वडा नम्बर ४ बालाबाखरका १६ वर्षीय बालकृष्ण यादव घाइते भएको प्रहरीस्रोतले  जनाएका हुन् ।

प्रहरीका अनुसार घाइतेहरु मध्ये मुन्ना र अमितको अवस्था गम्भीर रहेको छ । तीनैजनालाई जनकपुर अञ्चल अस्पतालमा  भर्ना गरिएपनि उपचार संभव नभएपछि थप उपचारको लागि काठमाण्डौं रेफर गरिएको अस्पताल स्रोतले जानकारी दिएका छन ।

स्थानीयका  अनुसार मुजेलियमा तीनैजना सवार सो मोटरसाईकललाई रोक्न खोज्दा छक्याएर तिव्रगतिमा भागेका थियो । तर केहि पर पुगेर सो मोटरसाईकल अनियन्त्रित भई ट्याक्टरमा ठोक्किएका बताए ।

सवारी साधन चेकजाँच गर्न ट्राफिक प्रहरीले जनकपुरसहित जिल्लाको विभिन्न स्थानमा चेक प्वाइन्ट खडा गरेको थियो। नियम उल्लंघन गरेर मोटर साइकल चलाउनेहरुलाई कारबाही गरेर आइतबारमात्र करिब ६० हजार राजश्व असुल गरिएको धनुषा  ट्राफिक प्रमुख  दिपक साहले जानकारी दिए  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ