arrow

पेन्टागनका कार्यबाहक प्रमुख काबुलमा

logo
एएफपी,
प्रकाशित २०७५ माघ २८ सोमबार
pentagon.jpg

काबुल। अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनका कार्यकारी प्रमुख प्याट्रिक शनाहान अचानक अफगानिस्तान पुगेका छन्। संयुक्तराज्य अमेरिकाले अफगान सरकार र युद्धरत तालिबान लडाकूसँग शान्ति वार्ताको प्रयास जारी राखेको अवस्थामा शनाहानको यो आकस्मिक भ्रमण भएको हो।

शनाहानले आफगानिस्तानका राष्ट्रपति अस्रफ घानीसँग भेटवार्ता गर्नेछन्। त्यस वार्ताको मुख्य एजेन्डा गत महिना अमेरिका र तालिबान लडाकूबीच भएको वार्ता हुने बताइएको छ। अफगानिस्तानमा १७ वर्षयता अफगान सरकार र तालिबान लडाकूबीच जारी द्वन्द्व समाधानको लागि अमेरिकाले मध्यस्थताको कार्य गर्दै आएको छ।

तालिबान लडाकू समूहले काबुल प्रशासनलाई अमेरिकी “कठ्पुतली” भनी आरोप लगाउने गरेको छ। तर पनि अफगान राष्ट्रपति घानीका समर्थकहरु तथा मित्रराष्ट्रहरुले तालिबानसँगको शान्ति प्रक्रियामा अफगानीहरुको मुख्य भूमिका हुनुपर्ने बताएका छन्।

तालिबान लडाकू समूहले अफगान राजनीतिज्ञको उच्चस्तरीय प्रतिनिधिमण्डललाई गत हप्ता मस्कोमा भेटवार्ता गरेको थियो। सो भेटवार्तामा देशको भविष्य र शान्तिको लागि सम्भावित मार्गको विषयमा छलफल भएको थियो।

केही समय अघिदेखि नै अफगानिस्तानमा शान्ति वार्ताका लागि प्रयासहरु भएका छन्। ती प्रयासहरु आजसम्म साकार हुन नसकिरहेको भए पनि अमेरिकाले भने अफगान राष्ट्रपति घानीले नै शान्ति प्रक्रियाको नेतृत्व गर्नुपर्ने बताउँदै आएको छ। यस पटकको पेन्टागनका कार्यबाहकको काबुल यात्राका क्रममा पनि यस विषयले चर्चा पाउने अनुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ