arrow

खोटाङको थामखर्क विमानस्थल सुचारु

logo
प्रकाशित २०७५ माघ २८ सोमबार
tham-kharka.jpg

खोटाङ ।  खोटाङ जिल्लाको थामखर्क विमानस्थल सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले सोमबार विमानस्थलको उद्घाटन गरेका छन् ।

खोटेहाङ गाउँपालिका–४ मा रहेको विमानस्थलको धावनमार्ग कालोपत्रे लगायत स्तरोन्नतिको कामका लागि २०७३ चैत्र १३ गतेदेखि स्थगित भएको उडान विमानस्थल उद्घाटन भएसँग अब सुचारु हुने भएको छ । मन्त्री अधिकारीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि सुचारु भएको थामखर्क ३२ औं विमानस्थल हो ।

थामखर्क विमानस्थल कालोपत्रेको काम रौटा कन्स्ट्रक्सनले करिब १० करोड ६० लाख ७१ हजार रुपैयाँको लागतमा २७ महिनामा सम्पन्न गरेको हो । २०७३ कार्तिकबाट विमानस्थल कालोपत्रे लगायत निर्माणको काम सुरु गरिएको थियो । यो विमानस्थलको क्षेत्रफल २० रोपनी ६ आना छ । यो विमानस्थलको काठमाडौं र विराटनगर विमानस्थलसँग हवाइ सम्पर्क छ ।

विमानस्थल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले थामखर्क विमानस्थलमा साताको दुईवटा उडान हुने व्यवस्था  मिलाउने बताए । ‘खोटाङ जिल्ला पर्यटनको दृष्टिकोणले पनि महत्वपूर्ण गन्तव्यस्थल भएको र खोटाङबासीको सुविधाको लागि पनि नियमित उडान आवश्यक भएकाले सातामा दुईवटा उडानको व्यवस्था मिलाउँछौं’, मन्त्री अधिकारीले भने ।

त्यसबाहेक, खोटाङ जिल्लामै रहेको लामिडाँडा विमानस्थल आगामी दुई महिनाभित्रमा सञ्चालनमा ल्याइसक्ने र खानीडाँडा विमानस्थल स्तरोन्नतीको काम पनि चाडैं सुरु गर्ने मन्त्री अधिकारीले बताएका छन् ।

मन्त्री अधिकारीले भने, ‘अहिल नेपाल वायुसेवा निगम सबैभन्दा धेरै यात्रु बोक्ने एयरलाइन्सको रुपमा स्थापित भएको छ । यसलाई लाई अझ सशक्त बनाएर राष्ट्रिय र अन्तर्राष्ट्रिय विमानस्थलमा उडान संख्या बढाउँछौं ।’   

त्यस्तै, खोटाङबाट संघीय प्रतिनिधिसभामा निर्वाचित सांसद विशाल भट्टराईले थामखर्क विमानस्थल स्तरोन्नतिभई सुचारु भएपछि खोटाङको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  विमानस्थल सुरुचारु भएपछि खोटाङ जिल्लाको दक्षिणी क्षेत्रका खोटेहाङ, बराहपोखरी, जन्तेढुङ्गा लगायतका गाउँपालिकाको स्थानीयका लागि सुविधा भएको भट्टराईले बताए ।

विमानस्थल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दौ नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देश सञ्जीव गौतमले थामखर्कमा नियमित उडानको लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाउने बताए ।

त्यसैगरी, नेपाल वायुसेवा निगमका अध्यक्ष मदन खरेलले थामखर्कमा सातामा कम्तिमा दुईवटा फ्लाइटको व्यवस्था नेपाल वायुसेवा निगमले गर्ने प्रतिवद्धता व्यक्त गरे ।
विमानस्थल उद्घाटन कार्यक्रममा प्रतिनिधि सभासदस्य हिरा गुरुङ, प्रदेशसभा सदस्य रामकुमार राई लगायतको उपस्थिति रहेको थियो ।  

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ