arrow

विदेशी लगानी भित्र्याउन खोज्ने ५४ कम्पनीलाई अल्टिमेटम : हुलास र डाबरको कागजात पुगेन

logo
प्रकाशित २०७५ माघ २८ सोमबार
nepal-rastra-bank.jpg.jpeg

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न मुलुकबाट लगानी ल्याउने कम्पनीहरुको स्रोत खोज्न थालेपछि अधिकांश कम्पनीहरु राष्ट्र बैंकको सम्पर्कमा नै आउन छाडेको राष्ट्र बैंकले जनाएको छ। आईतबार राष्ट्र बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले राष्ट्र बैंकको सम्पर्कमा आउनको लागि पहिलो पटक सूचना जारी गरेका छन् । 

यसरी स्रोत खोजेपछि सम्पर्कबिहीन बनेकाहरुलाई राष्ट्र बैंकले ३० दिन भित्र राष्ट्र बैंकको सम्पर्कमा आउनको लागि निर्देशन दिएको छ । तोकिएको मिति भित्र सम्पर्कमा आउने र अपुग कागजातहरु पेश नगर्ने हो भने विदेशी लगानी भित्र्याउन र लेखांकन गर्नको लागि छुट्टै प्रक्रिया अघि बढाउनु पर्ने समेत स्पष्ट पारेको छ । 

राष्ट्र बैंकका अनुसार ५४ कम्पनीहरु मध्ये कसैको कागजात अपुग भएको र केही स्वीकृति पाएपछि समेत सम्पर्कमा आएका छैनन् । जस्तै हुलास स्टीलले स्वीकृति भन्दा बढीको लेखांकनको लागि आग्रह गरेर त्यसै सम्पर्कबिहीन बनेको राष्ट्र बैंकले जनाएको छ । डावर नेपालको भने कागजात पनि नपुगेको र सम्पर्कमा पनि नआएको राष्ट्र बैंकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ