arrow

तुलसीपुरमा भित्री चक्रपथ निर्माण हुँदै

logo
प्रकाशित २०७५ माघ २८ सोमबार
photo_chakrap[ath.jpg

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले भित्रि चक्रपथ निर्माण गर्ने भएको छ । ग्रामिण वडाहरुलाई एकिकृत गर्ने गरी चक्रपथ निर्माण गर्न लागिएको तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वताए ।

 ‘सडकको अवस्था नाजुक रहेका वडा नम्वर ३,४ र ७ लाई जोडेर चक्रपथ निर्माण गर्न लागिएको हो’ नगरप्रमुख पाण्डेले वताए । उनले सडक सञ्जाल विस्तारलाइ उपमहानगरपालिकाले पहिलो प्राथमिकतामा राखेको भन्दै अन्य वडाहरुलाई पनि जोड्ने गरी चक्रपथ निर्माणको क्रम निरन्तर अगाडि वढाइने वताए ।

   वडा नम्वर ७ राजापुरबाट सुुरु हुने भित्री चक्रपथको सडक राप्ती शान्ती उद्यान, मिलनचोक हुँदै गोटीखोलामा पुग्ने उपमहानगरपालिकाका इञ्जिनियर पवन योगीले वताए । इन्जिनियर योगीले चक्रपथको लम्वाइ ५ किलोमिटर रहेको पनि वताउँदै ५ सय मिटर कालोपत्रे भइसकेको समेत जानकारी दिए । उनले सडकको कुल चौडाई ३० मिटेर हुने भएपनि तत्कालका लागि १२ मिटर रहने जानकारी दिए ।

प्रदेश सरकारको ३ करोड लागतमा निर्माण हुने सडकको काम यसै आर्थिक वर्ष भित्र सम्पन्न गरिने शहरी विकास तथा भवन कार्यालय दाङ्गका प्रमुख शरद मानन्धरले वताए । प्रमुख मानन्धरले यो आर्थिक वर्षमा ३ किलोमिटर जति बाटो कालोपत्रे गर्ने र बाँकी अर्को आर्थिक वर्षमा गर्ने गरी काम अगाडि वढाइएको पनि जानकारी दिए ।

‘यसपटकको वजेटले सबैतिर कालोपत्रे गर्न पुग्दैन बाँकी अर्को वर्ष गरिनेछ ’ मानन्धरले भने । कार्यालय प्रमुख मानन्धरले डिपिआरको काम सम्पन्न भइसकेको वताउँदै स्टिमेट गरेर तत्काल काम अगाडि वढाइने पनि जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ