arrow

कांग्रेस वैठकमा नविन्द्रराज जोशीको ११ प्रस्ताव

logo
प्रकाशित २०७५ माघ २८ सोमबार
nabindra-raj-Joshi-congress.jpeg

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा ११ प्रस्ताव प्रस्ताव प्रस्तुत गरेका छन् । सोमबार जोशीले सो प्रस्ताव राखेका हुन् ।

आदरणीय सभापतिज्यू ,
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा निम्न लिखित विषयहरुमा छलफल भई निर्णयमा पुग्न सकेमा पार्टीका साथीहरुमा व्यापक उत्साह र जाँगर उत्पन्न हुने विश्वासका साथ निम्न प्रस्ताव प्रस्तुत गरेको छु ।

१) महासमितिले दिएको एकताको सन्देशलाई आगामी दिनमा सम्पूर्ण कार्यकर्ताहरुले अनुभूत हुन पाउने गरी सम्मानपूर्ण व्यवहार र न्यायपूर्ण अवसर दिने । यसका लागि आवधिक कार्ययोजना तयार पार्ने साथै पार्टीका साथीहरु संगको संवाद र संवन्धमा नयाँ कार्यशैली र व्यवहार प्रस्तुत गर्ने ।

२) पार्टीको भावि रणनीतिक योजना प्रष्ट पारी पार्टीका साथीहरुलाई प्रशिक्षित गर्ने । यसका साथै नेतृत्व तहले विगतमा भएका हाम्रा उपलव्धीहरु जसले जनता र राष्ट्रका जीवनमा महत्वपूर्ण अर्थ राखेका छन्, सोको प्रचार प्रसार प्रभावकारी रुपमा गर्ने र देखिएका कमी कमजोरीलाई सुधार्ने प्रतिवद्धता व्यक्त गर्ने ।

३) प्रभावकारी काँग्रेस निर्माणका लागि पार्टीको महाधिवेशन पनि निश्चित समयमा नै सम्पन्न गर्न आवश्यक कार्यतालिका तयार पारी सो अनुरुप कार्यान्वयन गर्ने ।

४) सबै भ्रातृ संस्थाहरुको प्रत्येक अधिवेशनको निश्चित मिति तोक्ने । ने.वि. संघको अधिवेशन निस्चितरुपमा संपन्न गर्नसक्ने र आगामी स्व.वि.यू. निर्वाचनमा अध्यधिक क्याम्पसहरुमा विजयी बनाउन सक्ने तदर्थ समिती गठन गर्ने । ने.वि.संघ अहिले संक्रमणकालिन अवस्थामा छ । अतः तदर्थ समितीमा परिपक्व व्यक्तित्वको नेतृत्वमा सबैलाई समेटी (ने.वि.संघका पुराना समितीका साथीहरु र अहिलेका समितीका साथीहरु कलेजका नेतृत्व गर्दै आएका तर उमेरका कारणले स्व.वि.यू.मा मौका नपाएका र आगामी महाधिवेशनबाट ३२ वर्ष भन्दा मूनिका नेतृत्व आउने भएकाले उनिहरुको व्यक्तित्व विकासलाई समेत ध्यानमा राखी उनिहरुलाई समेत समेटी) समिति निर्माण गर्नु उचित हुन्छ ।

तरुण दलको समितिलाई तत्काल पूर्णता दिन आवश्यक छ । नेपाल प्रेश यूनियन, नेपाल दलित संघ, नेपाल किसान संघ, लगाएत भातृ संस्थाको अधिवेशन निस्चित समयमा नगरेकोमा स्पष्टिकरण सोधी अधिवेशन सम्पन्न गराउने । नेतृत्वमा महिलाहरुको ३३ प्रतिशत सहभागिताको सुनिस्चितता विधानले गरेको छ । तसर्थ विशेषतः नेपाल महिला संघलाई सक्रिय बनाउने ।  

५) नेपाली कांग्रेसले अहिले प्रतिपक्षका रुपमा निभाई रहेको भूमिकालाई सशक्त र परिणाममुखी बनाउने । नेकपा र यसको सरकारले गरेका गलत कार्य, लिएका गलत नीति, उनीहरुको अक्षमता, जनतामाथि गरेका अन्याय, निर्मला पन्त वलात्कार एवं हत्या जस्ता काण्डहरुमा सरकारको वेवास्ता तथा प्रमाण नष्ट गरी बलात्कारी–हत्यारालाई बचाउने खेल, वाइडबडी काण्ड, वुढी गण्डकी काण्ड, ठूला योजना विना प्रतिश्पर्धा दिने निर्णय जस्ता भ्रष्टाचारलाई बढावा दिने विषयहरुमा शसक्त आवाज उठाउने, अनुगमन गर्ने र कुनै पनि मुद्दा नछाडी परिणाममा पुर्‍याउन पार्टीका सम्पूर्ण संयन्त्रहरु तयार पार्ने ।

६) सरकारको अधिनायकवादी शैली र व्यवहार एवं जनता विरोधी कार्यहरुका विरुद्धको आन्दोलनलाई निरन्तर अगाडि बढाई गाउँतह सम्मै पुर्‍याउने । गत २१ गते ७७ जिल्लामा भएका विरोध प्रदर्शनका सहभागीहरुलाई आभार व्यक्त गर्ने । अव प्रत्येक क्षेत्रमा चेतनामूलक र विरोध कार्यक्रम र वडा तहमा समेत जिल्ला र क्षेत्रको संयोजनमा सचेतना कार्यक्रम आयोजनाका लागि महासमिती र महाधिवेशन प्रतिनिधीहरुलाई जिम्मेवारी दिने । साथै भ्रातृ र शुभेच्छुक संस्थाहरुलाई कार्यक्रम आयोजना गर्न निर्देशन दिने ।

७) युवाहरुका लागि उद्यमशीलता विकास, रोजगार एवं स्वरोजगारका अवसरहरुको सिर्जनाका लागि संयन्त्र तयार गर्ने ।

८) नेपाली कांग्रेसले आगामी दिनमा वहुमतको सरकार गठन गर्न सक्षम हुने गरी पार्टीको केन्द्रीय तहदेखि वडा तहसम्मलाई क्रियाशील गराउने, समुन्नत नेपाल र सम्पन्न नागरिकका लागि स्पष्ट खाका तयार पार्ने ।

९) महासमितिको वैठकमा सदस्यहरुले व्यक्त गरेका भावनाहरुलाई समेट्दै केन्द्रीय सदस्य पनि क्षेत्रीय प्रतिनिधिका रुपमा रही महाधिवेशन प्रतिनिधि हुन चुनाव लड्नु पर्ने र समावेशी आधारमा एक तहमा एक पटक मात्र अवसर प्राप्त गर्न पाउने व्यवस्था कायम गरी नेतृत्व विकासका लागि नयाँलाई अवसर दिने ।

१०) अन्यायका विरुद्धमा तत्काल सशक्त आवाज उठाउने कांग्रेसको अनुभूति जनतालाई दिलाउने ।

११) वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रस्तुत गर्नु भएको प्रस्तावलाई गम्भीरतापूर्वक बहसमा ल्याउने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ