arrow

सिम्रिक एयरले ल्यायो अत्याधुनिक हेलिकप्टर

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1076216893.jpeg
काठमाडौं । सिम्रिक एयर प्रालिले फ्रान्सेली निर्माता कम्पनी एयरबस हेलिकप्टरद्वारा निर्मित एउटा अत्याधुनिक हेलिकोप्टर ल्याएको छ । सिम्रिक एयरले गत २२ जुलाईमा एयरबस हेलिकप्टर कम्पनी सिंगापुरसँग ३ वटा अत्याधुनिक हेलिकोप्टर खरिद गर्न गरेको सम्झौता अनुसारको पहिलो हेलिकोप्टर नेपाल आइपुगेको हो । 

यो हेलिकोप्टर सिम्रिकले २५ लाख ५० हजार डलर (करिब २६ करोड रुपैयाँ)मा खरीद गरेर ल्याएको सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बताए । उनका अनुसार उच्च हिमाली क्षेत्रमा उद्दार, दृश्यावलोकन, कुनै पनि प्राकृतिक विपत्तिमा उद्दार तथा पर्यटकीय गतिविधिमा प्रयोग गर्ने उद्देश्यले यो नयाँ हेलिकोप्टर ल्याइएको हो । 

‘यो नयाँ हेलिकोप्टरमा अहिलेसम्मकै उच्च प्राविधिक क्षमता जडान गरिएको छ’ थापाले भने ‘नयाँ हेलिकोप्टरले नेपालको पर्यटा क्षेत्रमा सेवा पु¥याउँने तथा आपतविपतको समयमा मानवीय क्षती कम गर्न तत्काल राहत तथा उद्दारमा पु¥याउनेछ ।’ 

क्याप्टेन सिद्धार्थजंग गुरुङले सिगापुरबाट मलेसिया, थाइल्याण्ड, म्यानमार, बंगलादेश हुँदै काठमाडौसम्म उडाएर ल्याएका हुन । सोमबारै वंगलादेशको ढाकाबाट उडेको यो हेलिकोप्टर विराटनगरमा इन्धन भरेर काठमाडौं आईपुगेको हो । हेलिकोप्टरमा क्याप्टेन सुरेन्द्र पौडेल र इन्जिनियर विष्णु बस्नेत पनि सिंगापुरबाटै सँगै आएका छन् । यो हेलिकोप्टरमा पाइलट बाहेक ६ सीट रहेको छ । 

उच्च हिमाली क्षेत्रमा सहजै उद्दार गर्न अति नै सफल यस खाले हेलिकोप्टरले २३ हजार फिट सम्म उडान गर्न सक्छ । सिम्रिकले आफ्नो सेवा थप प्रभावकारी बनाउँदै नेपाललाई विश्वकै उत्कृष्ट रेक्स्क्यू, हिमाल तथा पहाडी भेगमा विकास निमाणको लागि सामान झुण्डाएर गर्ने सेवालाई प्रभावकारी बनाउँदै जानेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ