arrow

सरकार विरुद्ध जनार्दन शर्माको संसदमा नै कडा प्रतिक्रिया 

logo
प्रकाशित २०७५ माघ २९ मंगलबार
janardan-sarma.png

काठमाडौं । प्रतिनिधि सभाको सोमबारको बैठकमा पूर्व गृहमन्त्री एवं नेकपाका नेता जनार्दन शर्माले सिडिओलाई प्रदेश सरकार भन्दा माथि राख्ने प्रयास गरेको भन्दै सरकारको कडा शब्दमा विरोध जनाएका छन् । उनले यो विधेयक संघीयताको विरोधी जस्तो देखिएको भन्दै यसलाई संशोधन गर्न समेत माग गरेका छन् । 

प्रतिनिधि सभामा छलफलको क्रममा रहेको नेपाल प्रहरी, प्रदेश प्रहरीको सञ्चालन र सुपरीवेक्षण र समन्वयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको छलफलको क्रममा बोल्दै शर्माले संविधानले दिएको अधिकार ऐनले खोस्न लागेको भन्दै आपत्ति जनाएका हुन् । उनले यो विधेयक जस्ताको त्यस्तै पारित गर्ने हो भने संघीयता मौलाउन नसक्ने चेतावनी समेत दिएका छन् । 

उनले सिडिओलाई प्रदेश भन्दा माथि राखेर प्रदेशको संरचनालाई नै निकम्मा बनाउने खेल खेलिएको आरोप समेत लगाएका छन् । सरकारले ल्याएको विधेयकमा सरकार पक्षका प्रभावशाली नेताले दिएको यो अभिव्यक्तिलाई गम्भीरताका साथ हेरिएको छ । शर्माको विचारमा यदि यही व्यवस्था लागू गर्ने हो भने संघ र प्रदेशबीच थप द्वन्द्व हुने सम्भावना बढी हुन्छ । 

‘विधेयक बनाउनेले संविधानको अध्ययन नगरेकोजस्तो देखिएको छ’ उनले भने ‘संविधान प्रष्ट छ तर विधेयक अन्यौलपूर्ण छ। किन अन्यौलपूर्ण भयोरु संविधान किन पढिएन रु प्रदेशको अधिकार संकुचन गरिएको छ।ु उनले आफूले बाध्य भएर सरकारले ल्याएको विधेयकको विरोध गर्नु परेको प्रतिक्रिया दिए । 

शर्माले सरकारको विरोधमा अभिव्यक्ति दिएको यो पहिलो घटना भने होईन । सरकार संघीयता विरोधी गतिविधिमा लागेको भन्दै उनले सरकारले ल्याएका केही विधेयकहरु आफूले स्वीकार्न नसकेको बताएका थिए । दुई साता अघि नेपाल राष्ट्रिय कर्मचारी संगठन ९निजामती०को स्थापना दिवसको दिन आयोजित एक कार्यक्रममा समेत उनले सरकारले देशलाई उल्टो गतिमा चलाईरहेको आरोप लगाएका थिए । त्यतिबेला कर्मचारी समायोजन र शान्ति सुरक्षा विधेयकमा आपत्ति जनाएका उनले मंगलबार भने संसदमा नै यस्तो आक्रोश पोखेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ