arrow

लक्की, डिक्की र निक्कीको आत्मकथा

logo
प्रकाशित २०७५ फागुन १ बुधबार
sahitya.png

चिप्लेढुङ्गा । पच्चीस वर्षदेखि पोखराको पर्यटन क्षेत्रमा आबद्ध रहेर आफ्नो बेग्लै परिचय स्थापना गर्न सफल दिदीबहिनी लक्की, डिक्की र निक्की कार्कीले आत्मकथा ‘हामी थ्री सिस्टर्स’ बजारमा ल्याएका छन् ।

लेखककी आमा लीलामायाको वार्षिक पुण्यतिथिमा मङ्गलबार आयोजित श्रद्धाञ्जलि कार्यक्रममा साहित्यकार सरुभक्तले उक्त कृतिले जीवनको असहज मोडलाई पार लगाएर मेहनत र आत्मविश्वासले कसरी सफलता हासिल गर्न सकिन्छ भन्ने सन्देश दिएको बताए।

 निबन्धकार युवराज नयाँघरेले पर्यटन क्षेत्रमा रहेर लेखिएको सो पुस्तकमा इमान्दारी भेटिएको बताउँदै पछिल्लो समय धेरैले आत्मकथा रुचाउन थालेकाले सो कृतिले पनि नयाँ पुस्तालाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे। कृति लेखक लक्कीले आमाको प्रेरणा तथा साथ र सहयोगले यस क्षेत्रका हरेक चुनौतीलाई पार ण्लगाउन सफल भएको जिकिर गरिन्।

कार्यक्रममा तीन दिदीबहिनीको अभिभावकको भूमिका निर्वाह गर्दै निरन्तर सहयोग र सद्भाव प्रदान गरेवापत पर्यटन व्यवसायी नीलकण्ठ शर्मा र नेपाल पर्यटन बोर्डका पूर्वसञ्चालक समितिका सदस्य वासु त्रिपाठीलाई थ्रि सिस्टर्स सम्मान दिइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ