- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । १९० दिन देखि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा पदाधिकारी नियुक्त नभएपछि आधिकारीक कर्मचारी युनियनले आन्दोलन सुरु गरेको छ । कर्मचारी युनियनले फागुन १ गते बुधबारदेखि अस्पताल प्रागणमा धर्ना सुरु गरेको छ ।
युनियनका सचिव दीपक मुडबरीले माघ २९ गते प्रतिष्ठानका कुलपति एवम प्रधानमन्त्री केपी ओली तथा सहकुलपति एवम उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई प्रतिष्ठानमा १९० दिनदेखि पदाधिकारी बिहिन भएको जानकारी गराएको बताए । पदाधिकारी विहिन हुदा दैनिक कार्य संचालनमा समेत असहजता पैदा भएको भन्दै युनियन प्रतिनिधिहरुले पदाधिकारी नियुक्तिको माग गरेको मुडबरीले बताए ।
पदाधिकारी नियुक्ति गर्दा प्रतिष्ठान सेवा तर्फबाट कम्तिमा ५० प्रतिशत पदाधिकारी नियुक्ति हुनुपर्ने माग युनियनले राखेको छ । सोहि मागको सुनुवाइको लागि युनियनले अस्पताल प्रागणमा धर्ना सुरु गरेको हो । धर्ना दिनको १-२ बजे सम्म हुने बताइएको छ ।
मुडबरीका अनुसार विरामीलाई दिइने सेवामा असर नगर्ने गरि दिउँसो खाजा खाने समयको १ देखि २ बजेसम्म धर्ना हुनेछ । माग पुरा नभएसम्म धर्ना जारी रहने उनले बताए ।