arrow

यस्तो राजवंश जहाँ चार सय बर्षदेखि भएको छैन पुत्रको जन्म

logo
प्रकाशित २०७५ फागुन १ बुधबार
rajbansha.jpg

काठमाडौं ।  विज्ञान र प्रविधिको अहिलेको युगमा मानिसहरु श्रापमा खासै विश्वास गर्दैनन् । भारतको एक राजवंशमा भने विगत ४०० वर्षदेखि पुत्र जन्मिएका छैनन् । जसको एकमात्र कारण एक रानीले यो राजवंशमा दिएको श्राप प्रमुख कारण रहेको बताइएको छ ।
 
भारतको कर्नाटक राज्यको एक राजवंशमा ४०० वर्षदेखि एउटा पनि पुत्र जन्मिएको छैन । अहिलेसम्म धर्मपुत्रको आधारमा वंश अघि बढिरहेको छ । यसको कारण यो वंशलाई दिइएको श्राप नै कारण रहेको बताइएको छ । कर्नाटकको वाडियार राजवंशको सुरुवात सन् १३९९ देखि सुरु भएको थियो । सन् १६१२ पछि भने यो वंशमा छोरा जन्मिएका छैनन् । त्यसपछि सधैं धर्मपुत्रलाई नै राजा बनाइँदै आएको छ । हालै मात्र यो राजवंशका धर्मपुत्र यदुवीर वाडियारको विवाह भएको छ । महारानी प्रमोदा देवीले आफ्नी नन्दकी छोरालाई धर्मपुत्र पालेर राजा घोषित गरेकी हुन् ।

सन् १६१२ मा सबैभन्दा शक्तिशाली विजयनगर साम्राज्यको पतनसँगै वाडियार राजाको आदेशमा विजयनगरको धनसम्पत्ति लुटिएको थियो । विजयनगरकी महारानी अलमेलम्मा हारपछि एकान्तवासमा थिइन् । उनको धेरै मात्रामा सुन, चाँदी र हीराहरु रहेका थिए । वाडियारले महारानीभएको स्थानमा दूत पठाउँदै सबै सम्पत्ति बुझाउनका लागि निर्देशन दिएका थिए । उनले अस्वीकार गरेपछि जबर्जस्ती उनीसँग भएको सबै सम्पत्ति खोसिएको थियो ।

यसबाट दुखी भएकी महारानी अलमेलम्माले आफ्नो वंश उजाडेजस्तै वाडियार वंश पनि पुत्रहीन होस् भन्ने श्राप दिएर आत्महत्या गरेकी थिइन् । त्यसयता सो वंशमा महारानीहरुको कोख रित्तो रहँदै आएको छ । यो राजवंशसँग अहिले एक खर्ब भन्दा बढीको सम्पत्ति रहेको छ । अहिले भारतमा राजशासन सकिएको भएपनि यहाँ राजाको दरबार निकै भव्य तरिकाले सजाइने गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ