arrow

रासस पत्रकारिता पुरस्कार नेपाल र गौतमलाई

logo
प्रकाशित २०७५ फागुन १ बुधबार
bishnu_gautam.JPG

काठमाडौँ । नेपाल पत्रकार महासङ्घ रासस प्रतिष्ठान शाखाले यस वर्षको रासस पत्रकारिता पुरस्कार वरिष्ठ समाचारदाता विष्णुप्रसाद नेपाल र उपसमाचारदाता नीरज गौतमलाई प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कार छनोट समितिको सिफारिसमा शाखाले जनही रु १०/१० हजार राशिको उक्त पुरस्कार वरिष्ठ समाचारदाता नेपाल र उपसमाचारदाता गौतमलाई प्रदान गर्ने निर्णय गरेको हो ।

वरिष्ठ समाचारदाता नेपालले डेढ दशकभन्दा बढी समयदेखि संसदीय मामिला, सुरक्षा, स्वास्थ्य र राजनीतिक विषयमा समाचार सङ्कलन र सम्पादन गरी राससको समाचार सेवामा उल्लेखनीय योगदान पु¥याउँदै आएका छन् ।

प्रदेश नम्बर ५ रासस नेपालगञ्ज कार्यालयका प्रमुखसमेत रहनुभएका गौतमले अढाइ दशकभन्दा बढी पश्चिम नेपाल कार्य क्षेत्र बनाई समाचार सङ्कलन र सम्पादनमा सक्रिय रही राससको समाचार सेवामा विशिष्ट योगदान दिँदै आएका छन् । उक्त पुरस्कार राससको वार्षिकोत्सवका अवसरमा फागुन ७ गते आयोजना हुने समारोहमा प्रदान गरिने छ।

शाखाले यस वर्ष राससको वार्षिकोत्वसका अवसरमा पूर्वअध्यक्ष एवं महाप्रबन्धक राधेश्याम विष्टलाई सम्मान गर्ने निर्णय गरेको छ । शाखाले यस वर्षको उमाकान्त–गीतादेवी–चन्द्रमणि स्मृति पत्रकारिता पुरस्कार राससका उदयपुर जिल्ला समाचारदाता हरिकुमार राईलाई प्रदान गर्ने निर्णय गरेको छ । रासस दाङ कार्यालयका प्रमुख नारायणी रजौरेका पिता, माता र भाइको स्मृतिमा स्थापना गरिएको उक्त पुरस्कार नगद रु पाँच हजार राशि र सम्मानपत्र रहेको छ । रासस
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ