arrow

राष्ट्रिय सभाका सांसदलाई तेस्रो श्रेणीमा राखिएकोमा विरोध, ‘सांसदमाथि नै भेदभाव’ 

logo
प्रकाशित २०७५ फागुन २ बिहिबार
rastriya_sava11.jpg

काठमाडौं । सांसदहरुले प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुमाथि भेदभाव भएको भन्ने गुनासो संसदमा गरेका छन् । बिहीबार बसेको राष्ट्रिय सभा बैंठकमा बोल्दै एक सांसदले प्रतिनिधि सभाको भन्दा राष्ट्रिय सभाका सदस्यहरुलाई विभिन्न योजनामा भेदभाव गरेको आरोप लगाएका हुन् । 

राष्ट्रिय सभाका सदस्य खिम कुमार विकले नेपालको संविधानको धारा ८३ बमोजिम अहिले प्रतिनिधि सभा र प्रदेश सभा गरी दुई सदनात्मक व्यवस्था अनुसार नै काम भईरहेको भएपनि यो दुई सदनका सांसदहरुलाई सरकारले गर्ने व्यवहारमा भने विभेद भएको गुनासो उनले गरेका छन् । 

उनले संविधानले दुबै सदनलाई समान अधिकारको व्यवस्था गरेको भएपनि स्थानीय पूर्वाधार साझेदारी कार्यक्रममा राष्ट्रिय सभालाई विभेद गरिएको आरोप उनले लगाए । उनले निर्देशिकामा नै प्रतिनिधि सभाका सांसदहरुको अधिकार र राष्ट्रिय सभाका सांसदहरुको अधिकारलाई छुट्टाउने काम गरिएको भन्दै उनले सो निर्देशिका सच्याउन माग गरेका हुन् । 

त्यस्तै, सांसदहरुमा प्रत्यक्ष निर्वाचित सांसद प्रथम श्रेणीको, समानुपातिक सांसद दोस्रो श्रेणीको र राष्ट्रिय सभाका सांसदहरु तेस्रो श्रेणीको भनेर वर्गीकरण गरिएको प्रति समेत उनले आपत्ति जनाए । यो विषय शोभनीय नरहेको भन्दै अविलम्व यसलाई सच्याउनको लागि पनि उनले आग्रह गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ