arrow

अमेरिकी टीभी होस्टले १० वर्षदेखि धोएनन् हात !

logo
प्रकाशित २०७५ फागुन ३ शुक्रबार
pit-hegset.jpg

काठमाडौं । मानिस स्वतन्त्ररुपमा जिउन चाहने प्राणी हो । जसको कारण उनीहरु सकेसम्म आफूलाई मन परेको काममा समय खर्चिने गर्छन् । यस्तैमा एक चर्चित व्यक्तिले आफूले १० वर्षसम्म हात नधोएको खुलासा गरेका छन् ।

उनले खुलासा गरेको भिडियो अहिले भाइरल भइरहेको छ । अमेरिकी टीभी होस्टले आफूले १० वर्षदेखि हात नधोएको खुलासा गरेका हुन् । उनले जीवाणु भन्ने कुरा वास्तवमा नहुने भन्दै हात नधुने गरेको बताएका हुन् ।

मानिसहरु यसलाई देख्न सकिँदैन भनेर विश्वास गरिरहेको उनको भनाइ छ । उनी फक्सन्युजका होस्ट पीट हेगसेथ हुन् । उनी हावर्ड र प्रिन्सटनबाट ग्र्याजुएट गरेका व्यक्ति हुन् ।

उनले सन् २०१९ मा अनौपचारिकमा भनेको कुरा औपचारिकरुपमा पनि भन्ने संकल्प पनि गरेका छन् । यद्यपि उनले पछि यसलाई एक मजाक भएको बताएका छन् । उनले यस्तो मजाक आफूहरुले गरिरहने पनि बताए । उनले मानिसहरु हातको सफाइको विषयलाई लिएर धेरै नै नाटक गर्ने गरेको भन्दै यस किसिमको टीप्पणी गरेको बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ