arrow

लोकमानको ज्वाई बन्ने को हुन् काँग्रेस नेता ?

प्रमुख आयुक्त र उपप्रधानमन्त्रीको पनि नयाँ नाता

logo
प्रकाशित २०७२ फागुन २८ शुक्रबार
Prabal-thapa-marriage.jpg.jpeg
काडमाडौं । नेपाली काँग्रेसका एक जना युवा नेताले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीसंग नाता गाँसेका छन । कार्कीकी कान्छी छोरी आकृति कार्कीको बिहे काँग्रेसका युवा नेता प्रवल थापासंग भएको हो । थापा नेपाली काँग्रेस काठमाडौंका निर्वाचित सदस्य हुन् । 
 
काठमाडौंको थापागाँउका थापा अष्ट्रेलियामा अर्थशास्त्रमा स्नातकोत्तर गरेर राजनिति गर्नकै लागि भन्दै ५ बर्ष अगाडी स्वेदश फर्किएको बताउछन् । “उनमा काँग्रेस प्रतिको तिव्र भरोसा र राजनिति प्रतिको बेजोड अभिलाशा देखिन्छ”, उनलाई नजिकबाट चिन्नेहरु भन्छन् । “मलाई सम्पत्ति कमाउनु छैन, प्रतिष्ठीत राजनिति गरेर मुलुकको सेवा गर्नु नै मेरो जीवनको लक्ष्य हो”, उनले भने । उनको खास पेशा व्यवसाय केही छैन, केवल राजनितिमा उनी केन्द्रीत छन् । 
 
विदेशमा पढेर स्वदेशमै केही गर्दछु भनेर स्वदेश फर्किनेहरुको संख्या निकै कम छ नेपालमा। त्यही माथी राजनिति गर्छु भन्नेहरु त झनै दुर्लभ जस्तै देखिन्छन । त्यस्तै दुर्लभ युवामा पर्छन् प्रवल । तर उनलाई काँग्रेसबाट राजनिति गर्न भने सजिलो छैन् । उनकै घरपरिवारका व्यक्ति काँग्रेस भन्दा फरक पार्टीबाट मुलुकको प्रभावशाली नेताका रुपमा स्थापीत भएकाले उनी काँग्रेसमा लाग्न परिवार भित्रैबाट विद्रोह गर्नु परेको छ । 
 
मुलुकका उपप्रधान तथा परराष्ट्रमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापा प्रवलका मामा हुन् । मामाले मुलुकका धेरैलाई आफ्नो राजनितिक विचारमा हिडाउन सकेपनि भान्जा प्रवल भने अझै पनि काँग्रेसमै भविश्य खोज्न कस्सीएर लागेका छन् । उनलाई राप्रपा नेपालको हिन्दुवादी अभियान भन्दा काँग्रेसको प्रजातन्त्रवादी विचार बढी मन पराउछन् ।  विदेशमा धेरै पार्टीहरु आएपनि अन्त्यमा जनताले मन पराउने प्रजातन्त्रवादी पार्टी नै हो भन्ने देखेका प्रवलले नेपालमा पनि काँग्रेसको भविश्य राम्रो देख्दछन् । 
 
प्रवल र आकृतिको विवाहसंगै उपप्रधानमन्त्री थापा र प्रमुख आयुक्त कार्कीको पनि नयाँ नाता जोडिएको छ । प्रवलले आफ्ना मामा कमल थापालाई कार्कीको मामा सम्धी बनाईदिएका छन् । राप्रपा नेपालका सांसद तथा एन्फाका पुर्व अध्यक्ष गणेश थापा पनि कार्कीको मामा सम्धी बनेका छन् । 
 
अहिले ३२ बर्ष पुगेका प्रवलले २७ बर्षकी आकृतिसंग विहे गर्ने तयारी दुई बर्ष अगाडी देखि नै गरेको भएपनि गएको २२ गते शनिवार मात्रै उनीहरुको विवाह भएको हो । विवाहको भोज भने आज राखिएको छ । आजको भोजमा राजनितिक क्षेत्रका व्यक्ती र साथीहरु गरी झण्डै ३ सय जनालाई बोलाइएको छ । यसअघि उनले हिजो ३ सय जना नातेदारहरुलाई भोज खुवाएका थिए । 
 
गत शनिवार थापाले बेहुली लिन ५१ जना मात्रै जन्ती लिएर अख्तियार प्रमुखको क्वाटर टंगालमा पुगेका थिए । बेहुली पक्षका परिवार र आफन्तसहित करिब एक सय जना मात्र थिए । प्रमुख आयुक्त कार्कीको छोरीको विवाहमा राजनीतिक दलका नेता तथा सरकारका उच्च पदस्थ अधिकारीहरु देखिएनन् ।
 
विहेभोजमा कार्कीले शाकाहारी खानामात्र उपलब्ध गराएका थिए । समाजिक सुधार ऐनलाई आफैंबाट शुरु गर्नुपर्ने भन्दै कार्कीले छोरी ज्वाईँलाई कुनै उपहार पनि नदिएको विवाहमा सहभागी एक आफन्तले जानकारी दिए । कार्कीले यसअघि अर्की छोरीको विहे पनि क्याटरबाटै गरेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ