arrow

नवीन्द्रराज जोशीद्वारा वीर अस्पतालमा ‘गजेन्द्र स्मृति कोष’ स्थापना

logo
प्रकाशित २०७५ फागुन ३ शुक्रबार
nabindra-raj-Joshi-congress.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीद्वारा वीर अस्पतालमा  १० लाखको अक्षयकोष स्थापना गरेका छन् । नेता जोशीले आफ्ना स्वर्गीय पिता गजेन्द्रराज जोशीको स्मृतिमा आज  १० लाख राशिको गजेन्द्र स्मृति कोष स्थापना गरेका हुन् ।

नेता जोशीका आमा गीता जोशीले अस्पतालका कार्यकारी निर्देशक भूपेन्द्र बस्नेतलाई उक्त रकम हस्तान्तरण गरे। कार्यक्रममा नेता जोशीले आर्थिक अभावका कारणले कुनै पनि बिरामी औषधि उपचारबाट वञ्चित हुन नपरोस् भन्नका लागि उक्त कोष स्थापना गरिएको जानकारी दिए। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा सुवोध अधिकारीले कांग्रेस नेता जोशीले गरीब तथा असहायको उपचारका लागि गरेको सहयोग उदाहरणीय रहेको बताए ।

न्याम्सका रजिष्ट्रार डा विश्वराज जोशी उपचारका लागि आउने असहाय बिरामीलाई यस कोषबाट उपचारको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे। अस्पतालका कार्यकारी निर्देशक डा बस्नेतले अक्षयकोषको सदुपयोग गर्ने र आगामी दिनमा यस्ता कोषलाई थप गर्दै लैजाने बताए ।

गजेन्द्रराज जोशी जिउँदो हुँदा नै शिक्षा क्षेत्रको विकासका लागि पर्सामा नेपाल राष्ट्रिय गीता–गजेन्द्रराज जोशी माध्यमिक विद्यालय स्थापना गरिएको उनका छोरा राजुराज जोशीले जानकारी दिए। गजेन्द्रराज जोशीको गतवर्ष माघ ५ गते ८२ वर्षको उमेरमा निधन भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ