arrow

३१५ जनाको मोतियाविन्दुको शल्यक्रिया

logo
प्रकाशित २०७५ फागुन ४ शनिबार
eye-1.jpg

नुवाकोट। जिल्लाको विभिन्न स्थानमा सञ्चालन गरिएको आँखा शिविरमा ३१५ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ। विदुर नपा–७ तुप्चेको चण्डेश्वरी माविमा नुवाकोट सामुदायिक आँखा केन्द्र र तिलगङ्गा आँखा प्रतिष्ठानको संयुक्त आयोजनामा भएको तीनदिने शिविरमा ३१५ जनाको मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गरिएको हो।

शिविरमा मोतियाविन्दुको कारण आँखाको ज्योति गुमाएका सातको शल्याक्रियापछि आँखा देख्न सक्ने समेत भएको नुवाकोट सामुदायिक आँखा केन्द्रका प्रमुख शङ्कर अधिकारीले जानकारी दिए।

ग्रामीण भेगमा रहेको आँखाका बिरामीलाई सहजरूपमा शल्यक्रियासहितको उपचारको व्यवस्था गर्न शिविर आयोजना गरिएको हो। शुक्रबार सम्पन्न शिविरमा तिलगङ्गा आँखा प्रतिष्ठानका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रचनासिंह राणासहितको २० जनाको टोली खटिएको थियो।

माघ १७ गतेबाट जिल्लाको विभिन्न स्थानमा सञ्चालन भएको आँखा शिविरमा दुई हजार २०७ जनाको आँखा परीक्षण भएको नुवाकोट सामुदायिक आँखा केन्द्रका प्रमुख अधिकारीले जानकारी दिए। जिल्लामा १२ स्थानमा आँखा शिविर सञ्चालन गरिएको अधिकारीले बताए। आँखा शिविर जिल्लामा भद्रुटार, पञ्चकन्या, राउतबेँसी, हल्देकालिका, देउराली, मदानपुर, चौघडा, किम्ताङ, भाल्चे, दाङसिङ, देवीघाटमा सञ्चालन भएको थियो।

उक्त शिविरबाट मोतियाविन्दुको शल्यक्रिया गर्नुपर्ने आँखाका २२६ बिरामीको पहिचान गरिएको थियो भने नुवाकोट सामुदायिक आँखा केन्द्रमा आँखा परीक्षणको क्रममा मोतियाविन्दु भएका भेटिएका सहित तीनदिने शिविरमा ४८६ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिने योजना रहेको भए पनि सबै बिरामीको सहभागिता नभएकाले सङ्ख्या केही कम भएको आयोजकले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ