arrow

‘लुट्न सके लुट् कान्छा ...’ गाएका पशुपतिलाई अमरेशले २५ हजार पुरस्कार दिने

logo
प्रकाशित २०७५ फागुन ६ सोमबार
amaresh_kumar.jpg

काठमाडौ । नेपाली काँग्रेसका सांसद डा अमरेश कुमार सिंहले लुट्न सके लुट् कान्छा बोलको गीत गाएका पशुपति शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका छन् । सोमबार प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै सांसद सिंहले अभिव्यक्ति स्वतन्त्रताको हनन् गर्दै सत्ता पक्षले त्यो गीत युट्बबाट हटाउन लगाएको भन्दै आपत्ति समेत जनाएका छन् । 

उनले जनताको भावना, बुद्धिजीवीको भावनालाई सरकारले सम्मान गर्न सक्दैन भने जनताले पनि सरकारको सम्मान गर्न नसक्ने अमरेशको बुझाई थियो । उनले सरकार जनताप्रति उत्तरदायी रहेकोले जनताको भावना सरकारले बुझ्नुपर्ने धारणा समेत राखेका छन् । 

सरकारले बोल्नेको मुखमा ताला लगाउने र सुन्नेको कानमा मर्करी वा सिसा पगालेर राख्नुपर्ने सोचाई राखेको आरोप समेत लगाए । गत शुक्रबार गीत सार्वजनिक गरेका शर्माले शनिबार नै तीब्र दबाबका कारण युटुबबाट सो गीत हटाएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ