arrow

प्रधानमन्त्री ओलीले बाँडे ६ महिनामै ६ करोड, कसलाई कति ?

logo
प्रकाशित २०७५ फागुन ६ सोमबार
kp-oli111.jpg

काठमाडौं ।  मन्त्रिपरिषदको बैठकले आर्थिक सहयाताको नाममा विभिन्न व्यक्ति जसको प्रधानमन्त्री या मन्त्रीसँग पहुँच छ, त्यस्तोलाई विभिन्न रकम बाँडने गर्छ । केपी ओली प्रधानमन्त्री भएपछि पछिल्लो ६ महिनामा उनले आर्थिक सहायताको नाममा खाशगरी आफ्ना कार्यकर्ताहरूलाई करिब ६ करोड ५ लाख रुपैयाँ बाँडेर सिद्धयाएका छन् । मन्त्रिपरिषद्ले आर्थिक सहायताको नाममा बाँडेको रकम अर्थ मन्त्रालयसँग रेकर्ड हुन्छ । अर्थको रेकर्ड अनुसार माघ महिना मात्रै ओलीले  करिव एक करोड ५ लाख रुपैयाँ बाँडेका छन् ।

ओलीले माघ ३ मा एकै दिन २५ लाख रुपैयाँ आर्थिक सहयाता बाँडेका छन । एक दिनमा २५ लाख पाउनेहरुमा धनकुटाका जनार्दन आचार्य, नेपालगञ्जका विन्दु कुँवर, भेरी नपाका मोहन श्रेष्ठ, थुलुङ गाँपाका अनप्रशासन्त राइ, यम्घ पाल्पाका केशरी न्यौपाने छन् । यसैगरी माघमा गुल्मीका थानेश्वर ज्ञवालीलाई ५ लाख, कालिकास्थानका मदनमणि दिक्षितलाई ५ लाख,काठमाडौका बसन्तकुमार शर्मालाई ५ लाख,सिराहा हनुमान नगरका सत्यम शर्मालाई ५ लाख रुपैयाँ बाँडेका छन् । यसैगरी त्रियुगा नपामा कार्यरत खड्ग बहादुर आलेलाई ५ लाख र रिडी हुलाकका हल्कार थानेश्वर ज्ञवालीलाई ५लाख उपचार खर्च बाँडेका छन्  । यसैगरी सहिद शुक्रराज अस्पतालमा कार्यरत विना जोशीलाई  १०लाख उपचार खर्च बाँडेका छन् ।

अर्थको रेकर्ड अनुसार ओलीले भदौ देखि माघ सम्म ६ महिनामा ६ करोड भन्दा बढी रुपैयाँ बाँडेका छन् । यसरी आर्थिक सहायाता पाउनेहरुमा ओलीका गृह जिल्लाका झापाबासी  पनि परेका छन् । अर्थको रेकर्डमा झापा विर्तामोडका राजेन्द्रकुमार बिमलीले  १६ लाख गत मंसिरमा पाएको देखिएको छ ।  

यसैगरी गत पुसमा उनले कैलालीका जीवन गौतमलाई ७लाख,मकवानपुरका जर्नबहादुर नेम्वाङलाई २लाख,फिदिमा पाँचथरका धनमाया सुनवारलाई ३लाख, बाँडेका छन । पुस ९को मन्त्रिपरिषद्को बैठकले एकै दिन ८०लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको थियो । मकवानपुरका वीरबहादुर लामा लगायत ११ जनालाई ८० लाख रुपैयाँ दिने निर्णय सो बैठकले गरेको थियो । यसैगरी पुसमा कानुन व्यवासायी परिषद्लाई २०लाख र नुवाकोटका दामोदर गौतम लगातयका व्यक्तिलाई ४४लाख ६४ हजार ९सय रुपैया आर्थिक सहयाता दिने निर्णय गरेको थियो ।

गत मंसिर ३ मा बसेको मन्त्रिपरिषद्को बैठकले एकै दिन ४२ विभिन्न व्यक्तिलाई ३१ लाख रुपैयाँ आर्थिक सहयाता उपलब्ध् गराउने निर्णय गरेको थियो । यसैगरी मंसिरको १० मा बसेको मन्त्रिपरिषदको अर्को बैठकले एकै दिन २८ लाख रुपैया विभिन्न व्यक्तिलाई आर्थिक सहयाता उपलब्ध गराउने निर्णय गरेको थियो । गत मंसिर मा मात्र सरकारले करिव १ करोड २७ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको अर्थ मन्त्रालयले जनाएको छ ।

सरकारले गत साउनमा सरकारले नेकपा एमाले पर्सा जिल्ला कार्यसमितिलाई २ लाख ३ हजार रुपैयाँ उपलब्ध गराएको छ । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीको उपचार खर्च गराउँदा गृहमन्त्रालयको नाममा ७ लाख १९ हजार ७सय ४९ रुपैयाँ उपलब्ध गराएको अर्थको रेकर्डमा जनाइएको छ । यसैगरी मंसिरमा तनहुँका पूर्वसांसद टुकराज सिग्देललाई १० लाख, प्रधानमन्त्री कार्यालयका नायबसुब्बा लक्ष्मीबहादुर रोकयालाई ३ लाख, कपिलबस्तु घटनामा मृत्य भएका दिपेन्द्र चौधरीको परिवारलाई १० लाख आर्थिक सहयाता उपलब्ध गराएको छ ।

यसैगरी मंसिरमा कपिलबस्तु बुद्धभुमिका मुमाराम आचार्यलाई १० लाख, झापा कन्काइ घैलाडुब्बाका मध्मा वलीलाई ३ लाख, झापा सुरूगांका चानक उप्रेतीलाई ५ लाख, सुनसरी दुहवीका मृत्य भएका फिदा हुसेनको परिवारलाई १० लाख उपलब्ध गराएको छ ।
यसैगरी समान्य मन्त्रालयका लेखापाल विना पौडेललाई उपचार गराउन ५लाख र दैलेखमा कार्यरत नासु गणेशमान सिंह जयन्ती सिंहलाई उपचार गराउन सरकारले ५ लाख दिने निर्णय गरेको छ ।

गत कात्तिक महिनामा सरकारले सिचाई विभगका इञ्जिनियर पुरुषोत्तम खरेलको उपचारकोलागि ५ लाख उपलब्ध गराएको छ । यसैगरी कात्तिकमै सरकारले वीरगञ्ज भन्सारका नायबसुब्बा संजिवकुमार सिंहलाई ५लाख उपलब्ध गराएको अर्थ मन्त्रालयले जनाएको छ । कात्तिकमा सरकारले १करोड रुपैयाँ आर्थिक सहयाताको नाममा राज्यको ढुकटी खर्च गरेको अर्थले जनाएको छ ।

असोजमा सरकारले पूर्वमन्त्री पुर्णकुमार लिम्बुलाई १० लाख रुपैयाँ उपलब्ध गराएको छ । यसैगरी असोजमा नर्वदा शिवाकोटीलाई १० लाख रुपैयाँ, विर बहादुर थापालाई १० लाख रुपैयाँ, सीता तामाङलाई ५ लाख रुपैयाँ, जवनाथ आचार्यलाई ३ लाख रुपैयाँ, सूर्यकुमार खड्कालाई ३ लाख रुपैयाँ आर्थिक सहायता वितरण गरेको अर्थले जनाएको छ । असोजमा सरकारले करिव १ करोड २० लाख रुपैयाँ आर्थिक सहयायता उपलब्ध गराएको छ ।

गत भदौमा सरकारले नेपाली कांग्रेसका नेता नहहरी आचार्यको उपचारकोलागि ३३ लाख ६१ हजार ५ सय ४५,रामेछापका भिमबहादुर श्रेष्ठलाई १० लाख, तनहुँ खैरेनी टारका इन्दिरा तिमिल्सनालाई ७ लाख, बर्दीयका गयाप्रासद चौधरीलाई १ लाख, रुपन्देहीका बेदप्रासद रेग्मीलाई १ लाख, दैलेखका हर्क शाहीलाई ३ लाख,न वलपरासीको गोविन्द चौधरीलाई ३ लाख, महोत्तरीका केदारनाथ पाठकलाई ३ लाख, बर्दीयाको सुस्मीता नेपालीलाई ५ लाख, मकवानपुरका मदन रिमाललाई ५ लाख र काठमाडौका राजु नेपालीलाई ५ लाख उपलब्ध गराएको अर्थ मन्त्रालयले जनाएको छ ।

यसैगरी गत भदौमा एशिया दक्षिण गुठी र काठमाडौं युनिभरसिटिले संयुक्त गरेको नेपालको संविधान विषयक तीन दिने अन्तर्राष्ट्रिय सम्म्मेलनकोलागि ३०लाख, हेटौडाका श्रीचन्द्र शर्मालाई १० लाख रुपैयाँ आर्थिक सहयाता उपलब्ध गराउने निर्णय गरेको छ ।
भदौमा सरकारले करिव १ करोड ८० लाख रुपैयाँ आर्थिक सहयाता उपलब्ध गराएको अर्थ मन्त्रालयले जनाएको छ ।

'आर्थिक सहायताको नाममा सरकारले विभिन्न व्यक्तिलाई यसरी रुपैयाँ बाँडेको छ कि, सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने सरकारको नारा नारामै सीमित भएको छ । व्यवहारमा भने सरकारले लुटतन्त्र मच्चाइरहेको छ',अर्थ मन्त्रालयका एक कर्मचारी भन्छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ