arrow

विश्वको सबैभन्दा खतरानक ताल जसले जनावरलाई बनाउन सक्छ ढुङ्गा

logo
प्रकाशित २०७५ फागुन ७ मंगलबार
taal1.jpg

काठमाडौं । विश्वमा यस्तो एउटा ताल छ, जसको नजिक पुग्ने जीवजन्तु सबै ढुङ्गामा परिणत हुन्छन् । यहाँका केही पुराना तस्वीरले पनि यो कुरालाई पुष्टि गर्छ । नैट्रान नाम गरेको यो ताल उत्तर तान्जानियामा रहेको छ ।

नैट्रान तालमा रहेको क्षरीय पानीको पीएच १०.५ बराबर छ । यति धेरै क्षारको कारण यहाँ पुग्ने सबै जनावरको छाला र आँखा जल्ने गर्छन् । पानीमा यति धेरै क्षार सोडियम कार्बोनेट र अन्य खनिजबाट आउने गर्छ, जुन आसपास रहेका पहाडबाट तालमा आउने गर्छ ।

पूर्वी अफ्रिकामा गायब भइरहेका जनावरबारे लेखिएको किताब ‘अक्रस द रवाजेड ल्याण्ड’मा उल्लेख गरिएअनुसार तालमा रहेको अत्यधिक रिफ्लेक्टिभ नेचरको कारण उनीहरु दिग्भ्रमित भए र यसको कारण उनीहरु ढुङ्गा बन्न पुगे । यो तालको पानीमा नुन र सोडाको मात्रा अत्यधिक छ । पानीमा रहेको अत्यधिक सोडा र नुनले यी पक्षीहरुको मृत शरीर सुरक्षित राख्छ ।

तालको तापमान ६० डिग्रीसम्म पुग्ने गरेको छ । यो पानीमा ज्वालामुखी विष्फोटको क्रममा पाइने तत्व पनि पाइन्छ । यसको प्रयोग मिस्रवासीले लाशलाई सुरक्षित राख्न प्रयोग गर्थे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ