arrow

साढे २ करोडमा भारतले बनायो प्युठानमा विद्यालय

logo
प्रकाशित २०७५ फागुन ८ बुधबार
india-puthan-school-donation.jpg

काठमाडौं। भारतले प्युठानमा एक माध्यमिक विद्यालयको भवन हस्तान्तरण गरेको छ। मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले श्री मुक्ति माध्यमिक विद्यालयको उक्त भवनको उद्घाटन गरेका हुन्। 

सन् १९५१ मा स्थापना भएको सो विद्यालयमा अहिले एक हजार ५४ जना विद्यार्थी छन्। यो विद्यालयमा माध्यमिक तहका साथै विज्ञान, व्यवस्थापन र शिक्षा संकायमा अध्ययन-अध्यापन हुँदै आएको छ। विज्ञान संकायको पढाइ हुने यो जिल्लाको एकमात्र विद्यालय हो। सन् १९६१ मा भारतीय दूतावासले यो विद्यालयमा एक संस्कृत शाखा पनि खोलेको थियो। 

यो स्कुलको भवन भारत सरकारले २ करोड ६३ लाख रुपैयाँको सहयोगमा बनाएको हो। नयाँ भवन विद्यार्थीको पढाइमा सुधार ल्याउनुका साथै गरिब, सीमान्तकृत विद्यार्थीहरुलाई पनि शिक्षाको पहुँच विस्तारको लागि निर्माण गरिएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ