arrow

क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता दार्चुलामा

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७५ फागुन ८ बुधबार
volleyball-court.jpg

दार्चुला । सुदुरपश्चिम क्षेत्रीय प्रतियोगिता यस वर्ष दार्चुलाको महाकाली नगरपालिकामा सञ्चालन हुने भएको छ  । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ महाकाली नगरपालिकाको खुल्ला मञ्चमा यहि फागुन १७ गते देखि २० गते सम्म सञ्चालन हुने जिल्ला खेलकुद विकास समिति दार्चुलाका अध्यक्ष नारायण दाहालले बताए । जिल्लामा आठौ रास्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेल सन्चालन हुने उनले बताए ।

प्रतियोगितामा प्रतिस्पर्धा गर्न दार्चुला, बैतडी, डडेल्धुरा, कन्चनपुर, कैलाली , अछाम, डोटी, बझाङ, बाजुराका पुरुष भलिबल खेलाडीहरु क्षेत्रीय खेल खेल्नका लागि दार्चुला आउने पनि जिल्ला खेलकुद विकास समिति दार्चुलाले जनाएको छ । साथै बाहिर बाट आउने खेलाडीहरुको खाने, बस्ने ब्यवस्था क्षेत्रीय खेलकुद बिकास समितिले नै गर्ने उनले जानकारी दिए ।

दार्चुलालाई खेलकुद मार्फत पर्यटन प्रवद्वन तथा खेलाडी उत्पादनलाई समेत मध्यनजर गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको जिल्ला खेलकुद बिकास समिति दार्चुलाले जनाएको छ ।

२०७० सालमा आएको बिनाशकारी महाकाली बाढिले जिल्लामा रहेको एकमात्र खेल मैदान आधा बगाउदा खेलकुद गतिविधि सुस्ताएका थिए । दार्चुला जिल्लाले रास्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडी समेत उत्पादन गरेको भए  पनि उचित खेल मैदानको अभावमा खेलाडीहरुको खेल प्रतिको रुचि पनि कम हुँदै गएको थियो । तर अहिले क्षेत्रीय स्तरको प्रतियोगिता हुने भए पछि युवा खेलाडिहरुमा समेत खुसी छाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ