arrow

हिलेपानीलाई व्याकुल माइला गोल्डकप

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1948687280.jpeg
काठमाडौं । व्याकुल माइला गोल्डकपको पाँचौं संस्करणको उपाधि हिलेपानी फुटबल क्लब ओखलढुंगाले हात पारेको छ । मंगलबार भएको फाइनल खेलमा फूलबारी युवा क्लब जाक्मालाई ४–० गोलअन्तरले पराजित गरी हिलेपानीले उपाधि उचालेको हो । हिलेपानीका लागि सुशान्त श्रेष्ठ तथा मोहन गुरुङले १÷१ र राजु राईले २ गोल गरेका थिए । 

त्रिवेणी युवा समूह सिन्धुली तेस्रो स्थानमा आएको आयोजक सदस्य आश्रचन राईले जानकारी दिए । तेस्रो स्थानको दाबेदार अर्को टोली सप्तरंगी युवा समूह अनुशासनको कारबाहीमा परेपछि त्रिवेणी स्वतः तेस्रो भएको हो । उदयपुर खेलकुद विकास समितिले मर्यादित तथा अनुशासित टिमका रूपमा नगद १० हजार राशिको दिल–कर्ण बेस्ट टिम अवार्ड प्राप्त गरेको छ । उपाधि विजेताले चाँदीको कपसहित नगद ५० हजार, दोस्रोले ३० हजारका साथ चाँदीकै कप र तेस्रोले २० हजारका साथ चाँदीको कप प्राप्त गरेका छन् । 

फाइनल प्रवेशका लागि हिलेपानीले त्रिवेणी युवा समूहलाई ३–१ गोलअन्तरले पराजित गरेको थियो । फूलबारीले सप्तरंगी युवा समूहलाई १–० गोलअन्तरले पाखा लगाएको थियो । 
प्रतियोगिता यही कात्तिक ९ गते राष्ट्रिय गीतका सर्जक व्याकुल माइलाको जन्मथलो ओखलढुंगाको थाक्ले–८, सोक्मटारमा सुरु भएको थियो । ‘राष्ट्रिय एकता, अखण्डता र स्वाधीनताको मूल्यमा अधिकारको खोजी नगरौं, जातीय, क्षेत्रीय र सामाजिक सद्भाव कायम गरी राष्ट्र निर्माण गरौं १’ भन्ने मूल नारा एवम् खेलकुदको माध्यमबाट विकासको अभियान भन्ने आदर्शका साथ सञ्चालित प्रतियोगितामा ओखलढुंगा, खोटाङ, सिन्धुली र उदयपुर जिल्लाका गरी १७ टिमले सहभागिता जनाएको गोल्डकप मूल समारोह समितिले जनाएको छ ।

प्रतियोगिताको चौथौं संस्करणको उपाधि सुनकोसी युवा समूहले जितेको थियो । यसपटक उक्त टोलीले पहिलो चरणमै हार बेहोर्नुपरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ