एजेन्सी । एप्पल कम्पनीले अहिले सम्मकै सबैभन्दा सस्तो आईफोन सार्वजनिक गर्ने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार एप्पलले २१ मार्चमा नयाँ आईफोन र ९.७ इन्च स्क्रिन भएको आइप्याड बजारमा ल्याउन लागेको हो । केजिआई सेक्युरिटिज का विषेशज्ञ मिंग ची कुओका अनुसार नयाँ आईफोन एसईको मुल्य करिब ४ सय ५० अमेरिकी डलर अर्थात ४५००० नेपाली रुपैया पर्नेछ । यो मुल्यमा एप्पलले आफ्नो साढे २ वर्ष पहिलेको आईफोन ५ एस बेच्ने गर्दछ । अहिले एप्पलले उत्पादन गरेको नयाँ आईफोनको मुल्य करिब ९६००० पर्दछ ।
आईफोन एसई लामो समय देखि सार्वजनिक हुने भनिएता पनि बजारमा आएको छैन । आईफोन एसईमा ४ ईन्च स्क्रि रहने कम्पनिले जनाएको छ । यसका साथै कम्पनिले ९.७ इन्च स्क्रिन भएको आईप्याड प्रो पनि सार्वजनिक गर्ने छ ।
आईफोन एसईमा हुने सम्भावित फिचर्सहरु
डिस्प्ले- ४ इन्च
क्यामरा - १२ मेगापिक्चर
मेमोरी- १६ जिबि र ६४ जिबि
कनेक्टिविटी - ब्लूटूथ ४.२, वाई-फाई ८०२.११ एसी, लाइभ फोटोज सपोर्ट
बेट्री- १६४२ एमएएच