arrow

गृहमन्त्रीको दाबी : सिण्डिकेट हटिसक्यो, निर्मला प्रकरणका दोषी प्रहरी कारबाहीमा परिसके

logo
प्रकाशित २०७५ फागुन ८ बुधबार
Ram_bahadur_thapa_copy.jpg

काठमाडौं । निर्मला पन्तको बलात्कार पछि हत्या गरेका दोषी पहिचान गर्न नै सरकार असफल भएको, सिण्डिकेटमा सरकारले झरा तिर्ने काम मात्रै गर्दा सिण्डिकेट पनि जस्तोको त्यस्तै रहेको भन्ने आम जन गुनासाहरु आईरहँदा गृहमन्त्री रामबहादुर थापाले भने यसको बचाउ गरेका छन्  

बुधबार राष्ट्रिय सभाको बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै मन्त्री थापाले सैद्धान्तिक र कानूनी रुपमा सिण्डिकेट पूर्ण रुपमा अन्त्य भईसकेको दाबी गरे । उनले व्यवहारिक पक्षलाई भने उठान नै नगरी सैदान्तिक रुपमा सिण्डिकेट अन्त्य भईसकेको दाबी गरेका हुन् । उनले अब फेरि कानूनी रुपमा सिण्डिकेट फर्किएर आउने सम्भावना नरहेको दाबी समेत गरे ।  

अर्काे प्रसंगमा मन्त्री थापाले निर्मला पन्तको हत्याराको खोजी तीब्र रुपमा भईसकेको भन्दै प्रमाण नष्ट गराउने र अनुसन्धानलाई प्रभावित बनाउन खोज्ने प्रहरी अधिकारीलाई कारबाहीको दायरामा ल्याईसकिएको समेत उनले दाबी गरे । तर, उनीहरुलाई के कारबाही भयो ? भन्ने विषयमा भने उनले केही पनि खुलाएनन् । 

सुन काण्डको विषयमा उनले सुन तस्कारीको सञ्जाललाई ध्वस्त पार्नको लागि सरकार सफल भएको दाबी गरे । उनले सुन काण्डका दोषीहरु सबैलाई अदालतमा पेश गरिएको भन्दै अब ती दोषीहरुलाई अदालतले आदेश दिएपछि आवश्यक कारबाही गरिने स्पष्ट पनि पारे । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ