arrow

सांसदको प्रस्ताव, ‘फाँसी दिने व्यवस्था राखौं, गाँजाको प्रतिबन्ध हटाऔं’

logo
प्रकाशित २०७५ फागुन ८ बुधबार
parliament.png

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा बोल्ने सांसदहरुले समाजमा बढ्ददै गएको बलात्कारलाई रोक्नको लागि फाँसीको व्यवस्था गर्न माग गरेका छन् । बैठकको शून्य समयमा बोल्ने सांसदहरुले यस्तो मागदेखि गाँजाको प्रतिबन्ध हटाउन समेत माग गरेका छन् । 

राजपाकी सांसद चन्दा चौधरीले देशमा बलात्कार पछि हत्याका घटनाहरु दिनहुँ बढ्दै गईरहेको भन्दै त्यसलाई द्रूत गतिमा कानूनी प्रक्रिया टुङ्ग्याएर कारबाही गर्नुपर्ने माग उनको छ । नेपालमा बलात्कार पछि जिउँदै जलाउनेलाई पनि सजाय कम हुने गरेकोले पनि यस्ता घटनाहरु दिनहुँ बढ्दै गएको उनको बुझाई छ । 

धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नं ३ को हरिपुर गाउँमा रेश्मा रसाईलीको हत्या भएको एक साता नाघिसकेको छ । तर, प्रहरीले अहिलेसम्म त्यो घटनाका दोषीलाई कारबाही गर्न सकेको छैन। मंगलबार मात्रै प्रहरीले एक जना अभियुक्तलाई पक्राउ गरेको बताएको भएपनि प्रहरीले पक्राउ गर्नुमात्रै पर्याप्त नरहेको उनले बताईन्। एक साता अघि ११ उनलाई बलात्कारपछि जिउँदै जलाईएको थियो । मिथिला नगरपालिका ३ बस्ने देवनारायण रसाइलीकी ११ वर्षकी छोरी रेशमा भन्ने दुतिया रसाइलीको बलात्कारपछि हत्या गरी शव जलाएको अवस्थामा घरनजिकैको उखुबारीमा फेला परेको थियो ।

उनले बलात्कारीलाई कानूनी रुपमा नै फाँसीको सजाय राख्न पनि उनले प्रस्ताव गरेकी छिन् । उनले विद्यमान संवैधानिक व्यवस्था अनुसार फाँसी दिन नमिल्ने भन्दै संविधान संशोधन गरेरै भएपनि फाँसीको सजाय राख्न पनि उनले आग्रह गरेकी छिन् । यसको लागि अन्तराष्ट्रिय स्तरमा फाँसी विरुद्धको सम्झौतामा गरिएको हस्ताक्षर तोडेरै भएपनि त्यस्तो व्यवस्था गर्न पनि उनले माग गरिन् । 

उता, राष्ट्रिय सभाको बैठकमा सांसद विरोध खतिवडाले गाँजालाई मान्यता दिन माग गरेकी छिन् । बुधबार संसदको बैठकमा बोल्दै सांसद खतिवडाले विकसित तथा सम्पन्न देशले समेत गाँजालाई मान्यता दिएको भन्दै गाँजालाई नेपालमा दिन किननहुने भनी प्रश्न गरेका थिए। विकसित मुलुकहरु,ले पनि वैधानिक ढंगले गाँजा बेचबिखन गरिरहेका छन्, सांसद खतिवडाले भने । हामी त्यसमा प्रवेश गर्न किन चाहदैनौं रु’ उनले प्रश्न गरे ‘सम्पन्न मुलुकहरु प्रतिबन्धित विषयलाई वैध ढाँचा दिएर आम्दानी गर्न सकिन्छ नि रु उनले प्रश्न गरे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ