arrow

स्वास्थ्य चौकीमा प्रसुति सेवा सुरु, अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता हट्यो

logo
मुरली गोडिया,
प्रकाशित २०७५ फागुन ९ बिहिबार
tilakram_sharma_sansad.jpg

गुलरिया ।  गुलरिया नगरपालिकाको वडा नम्बर १२ मा रहेको महम्मदपुर स्वास्थ्य चौकीमा प्रसुती केन्द्र सुचारु गरिएको छ । सदरमुकाममै भए पनि विगतका दिनहरुमा महिलाहरुलाई प्रसुती गराउन नेपालगंज लग्नु पर्ने हुँदा अकालमा ज्यान गुमाउने बाध्यता हाटाउने उदेश्यले सो प्रसुति केन्द्र सुचारु गरिएको हो ।

वडा नम्बर १२ मा विशेष गरि गरिव विपन्न मुस्लिम दलित मधेशी लगायतका बासिन्दहरु बसोबास गर्ने क्षेत्र हो । गर्भवती महिलालाई अचानक ब्यथा लागेमा बाँकेको नेपालगंज वा बर्दियाको सदरमुकाम गुलरिया अस्पतालमा लग्नु पर्ने समास्या, आर्थिक समास्या लगायतका कष्ट सो क्षेत्रका सेवाग्राहीले भोग्दै आएका थिए ।

एक कार्यक्रमका बीच प्रदेश ५ सभा सांसद तिलकराम शर्मा हिमाल, गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्ति नाथ यादवले संयुक्त रुपमा रिबन काटेर महम्मदपुर स्वास्थ्य चौकी बर्थिङ्ग सेन्टर उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश ५ सभा सांसद तिलकराम शर्मा हिमालले गुलरिया नगरपालिका वडा नम्बर १२ मोहम्मदपुर क्षेत्रमा यो भन्दा पहिले प्रसुती केन्द्र नहुँदा नेपालगंज वा गुलरियाको अस्पतालमा ल्याउनु पर्ने बाध्यता हटेको बताए ।

प्रसुती केन्द्र उद्घाटन पश्चयात गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले यस क्षेत्रमा भएको स्वाथ्य चौकीलाई अझ प्रभावकारी, सुरक्षाका निम्ती चारै तीर पर्खाल, अवाश्यक पर्ने औषधी युक्त मेडिकल, एम्बुलेन्स राख्नका निम्ती घर यसका साथै नगरपालिकाका लागी शव वाहन ल्याउने प्रतिबद्धता व्यक्त गरे।

 प्रसुती केन्द्रको उद्घाटन भएपनि सो स्वास्थ्य चौकीमा चाहिने आवश्यक समाग्री, दक्ष जनशक्ति, एम्बुलेन्स भएपनि राख्ने स्थानको अभावले गुलरियाको अस्पतालमा राख्नु पर्ने लगायतको समास्या रहेको गुलरिया नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष रामकुमार थारुले बताए।

कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै मोहम्मदपुर स्वास्थ्य चौकी प्रमुख कुलबहादुर विष्टले प्रसुति केन्द्र स्थापना भए संगै दक्ष जनशक्तिको अभावलाई समाधान गर्न प्रदेश सरकार र नगरपालिकालाई आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ