arrow

काँग्रेसमा भागबन्डाको राजनीति अन्त्य गर्छु : महामन्त्री कोइराला

logo
प्रकाशित २०७२ फागुन २८ शुक्रबार
sasank-new-pc.jpg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसका नवनिर्वाचित महामन्त्री डा शशाङ्क कोइरालाले कृषि क्रान्तिबिना नेपालको आर्थिक उन्नति हुन नसक्ने बताए । काँग्रेस सम्बद्ध नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक सङ्घको प्रथम अधिवेशनमा आज  महामन्त्री कोइरालाले नेपाली काँग्रेसले नेपाली जनताको उन्नतिका लागि व्यावसायिक कृषिलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । 
 
कोइरालाले भने– “बिपी कोइरालाको सरकारदेखि नै कृषिलाई उच्च प्राथमिकतामा राखेको र उहाँको पालामा समग्र बजेटको २७ प्रतिशत बजेट कृषि क्षेत्रमा विनियोजित गरिएको थियो ।” महामन्त्री कोइरालाले पार्टीभित्र देखिएको ६०-४० को भागबन्डालाई आफूले अन्त्य गर्ने दाबीसमेत गरे  । नेपाली जनताको लामो बलिदानी र सङ्घर्षपश्चात् स्थापना भएको संविधानको सफल कार्यान्वयनका लागि काँग्रेसले पहल गर्ने उल्लेख गरे। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ