arrow

कांग्रेस केन्द्रीय सदस्य मत गणना : दलिततर्फ जीवन र लक्ष्मी परियार अघि

logo
प्रकाशित २०७२ फागुन २८ शुक्रबार
Aarakshan.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य आरक्षणतर्फ दलित पुरुषमा जीवन परियार र महिलामा लक्ष्मी परियारले अग्रता लिएका छन् । शुक्रबार साँझ सम्म एक हजार मत गन्दा पुरुषमा जीवन परियार, मानबहादुर विश्वकर्मा र मीन विश्वकर्मा अघि छन् । जीवन परियार ४८० र मानबहादुर विश्वकर्मा ४३७ र मीन विश्वकर्मा ४२२ मतका साथ शीर्ष तीन भित्र छन् । पुरुष तीन सिटका लागि २० जना चुनावी स्प्रर्धामा छन् ।  
 
मीन र मानबहादुर शेरबहादुर देउवा पक्षधर हुन्, भने जीवन रामचन्द्र पौडेल पक्षधर हुन् । यी तीनलाई मानबहादुर नेपाली २६९, प्रकाश स्नेही २७८, शम्भु हजारा २५४ मतले पछ्याइरहेका छन् । उता, महिला दलित आरक्षणतर्फ ८ सय मत गणना हुँदा ८०० लक्ष्मी परियार ४९९, सुजाता परियारले ४८७ मत ल्याएका छन् । दलित महिला २ सिटका लागि ५ जना चुनावी प्रतिस्पर्धामा छन् । मतगणना शनिबार विहान ८ बजेबाट पु्नः सुरु हुने केन्द्रीय निर्वाचन समिति सचिव प्रदीप पराजुलीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ