arrow

यी महिलाले जितिन् यस्तो युद्ध, बिनिन् विना जात र धर्मकी पहिलो भारतीय महिला

logo
प्रकाशित २०७५ फागुन १० शुक्रबार
mahila6.jpg

काठमाडौं । हाम्रो समाजमा धेरै किसिमका कुरीतिहरु छन् । समाजको एक हिस्सा भएको नाताले यसलाई अपनाउनु पनि हाम्रो बाध्यता हो । यो बाध्यतालाई केहीले निभाउँछन् भने केही मानिस यसको विरुद्धमा उभिन्छन् । भारतको तमिननाडुकी स्नेहा पर्तिबराजा पनि कुरीतिको विरुद्धमा उभिएकी एक सशक्त नारी हुन् । उनी पेशाले वकिल हुन् ।
 
उनी भारतको कुनै जाति र धर्म नभएकी पहिलो महिला हुन् । भारतमा विना कुनै जाति र धर्मको प्रमाणपत्र बनाएको यो पहिलोपटक हो । यद्यपि यसका लागि उनले ९ वर्षसम्म लडाइ लडेकी थिइन् ।

स्नेहाका आमाबाबुले पनि सानैदेखि सबै प्रमाणपत्रमा जाति र धर्मको कोठा खाली छाडिदिन्थे । उनी आफूलाई केवल भारतीयको परिचयमा उभ्याउन चाहन्थिन् । तर, सबै आवेदनमा सामुदायिक प्रमाणपत्र अनिवार्य हुन्छ । यस्तोमा उनलाई लिखितरुपमा नै आफ्नो धर्म र जाति नरहेको साबित गर्नु थियो । उनी आफ्ना छोरीहरुको आवेदनमा पनि जाति र धर्मको कोठा खाली छाडिदिन्थिन् ।

सामाजिक सञ्जालमा उनको यो कदमको धेरै प्रशंसा पनि भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ