arrow

गगन थापाले संसदमा सोधे : मेलम्चीको दोषी मन्त्री कि सचिव ?

logo
प्रकाशित २०७५ फागुन १० शुक्रबार
gagan_thapa1.JPG

काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले मेलम्ची खानेपानी आयोजना नबन्नुको पछि मन्त्री र सचिवले एक अर्कालाई आरोप प्रत्यारोप गरिएको प्रति संसद्मा मन्त्रीसँग जवाफ माग गरेका छन् । सांसद थापाले सचिवले मन्त्रीलाई दोष दिने र मन्त्रीले सचिवलाई दोष दिएको समाचार छापामा आईरहेको भन्दै या त यो समाचार गलत हो भने समाचार खण्डन गर्न र होईन भने को दोषी हो स्पष्ट पार्न माग गरेका छन् । 

शुक्रबार प्रतिनिधि सभामा सार्वजनिक विषयमा खानेपानी मन्त्रालयको विषयमा उठेको प्रश्नको मन्त्रीले जवाफ दिने कार्यतापलका अनुरुप मन्त्रीलाई प्रश्न गर्दै उनले यस्तो भनेका हुन् । आफ्नो सरुवा भएपछि तत्कालीन खानेपानी सचिव गजेन्द्र ठाकुरले सिएमसीलाई थप ३ अर्ब दिएर धरौटी सहित फिर्ता गरेर काममा ल्याउन मन्त्रीले दबाब दिएको आरोप लगाउँदै कानून र देशको हित विपरित काम गर्न नमानेपछि आफ्नो सरुवा गरिदिएको आरोप सचिवले लगाएका छन् । 

त्यसैमा थप्दै सचिव ठाकुरले मन्त्रीले मुलुक डुबाउने काम गरिरहेको भन्दै त्यसमा आफूले सहयोग गर्न नसकेको आरोप लगाएका छन् । तर, मन्त्री मगरले भने ३६ करोड सिएमसीलाई दिने निर्णय भएकोमा सचिवले नै ३६ करोड मागेकोले उनलाई सरुवा गरिदिएको बताएकी छिन् । सांसद थापाले संसद्मा यही दुई विवादास्पद अभिव्यक्तिकोे स्पष्ट जवाफ माग गरेका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ