arrow

थिएटरका कलाकारदेखि सेनाका जवानसम्म 'रअ'का एजेन्ट

logo
प्रकाशित २०७५ फागुन १० शुक्रबार
raw3.jpg

काठमाडौं । मुलुकमा बसेर आफ्नो मुलुकको रक्षा गर्ने बहादुरहरुको धेरै कथाहरु सुन्न पाइन्छ । तर, यहाँ यस्ता व्यक्तिको कथा वर्णन गरिएको छ, जसले पाकिस्तानमा बसेर भारतको जासुसी गरेका थिए ।

यी व्यक्तिको नाम रवीन्द्र कोशिक हो । उनी थिएटरमा अभिनय गर्ने कलाकार थिए । उनी केवल २१ वर्षको हुँदा भारतीय गुप्तचर रअको नजर उनीमाथि परेको थियो । उनलाई २ वर्षसम्म उर्दू, इस्लामिक धार्मिक ग्रन्थ र पाकिस्तानको बारेमा प्रशिक्षण दिइएको थियो ।

त्यसपछि उनी शहमद शाकिरको रुपमा पाकिस्तान गएका थिए । कराँची विश्वविद्यालयबाट डिग्री पाएसँगै उनलाई पाकिस्तानी सेनामा नोकरी मिलेको थियो । उनले सन् १९७९ देखि १९८३ सम्म भारतलाई महत्वपूर्ण जानकारी दिएका थिए । यसैबीच सन् १९८५ मा उनको पोल खुलेको थियो र उनलाई जेल सजाय दिइएको थियो । उनले १६ वर्ष जेलमा बिताएका थिए । सन् २००१ मा हृदयाघातको कारण उनको ज्यान गएको थियो । उनको बहुमूल्य योगदानको लागि भारतीय पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीले उनलाई ब्ल्याक टाइगरको नाम दिएकी थिइन् ।

भारतकी अर्की एक महिलाको जन्म बर्मामा भएको थियो । सन् १९४२ सुभाष चन्द्र बोसको भारतीय सेनामा भर्ती भएकी थिइन् । उनी १६ वर्षकै उमेरमा झांसी रेजिमेन्टको रानीको हिस्सा बनेकी थिइन् । यसै क्रममा उनले अंग्रेजसँग जानकारीको लागि पुरुषको रुप पनि धारणा गरेकी थिइन् ।

मोहनलाल भास्कर पनि भारतका एक बहादुर जासुस थिए । उनले जासुसीको लागि आफ्नो धर्म परिवर्तन गरेका थिए । उनलाई परमाणु कार्यक्रमबारे जानकारीको लागि पाकिस्तान पठाइएको थियो । पाकिस्तानको सरकारले थाहा पाएर उनलाई १४ वर्षको लागि जेलमा बन्दी बनाएको थियो ।

भारतका जेम्स बोन्डको रुपमा चिनिने अजित डोभालले पनि आफ्नो जीवनको ७ वर्ष पाकिस्तानमा बिताएका थिए । एक पाकिस्तानी मुस्लिमको रुपमा उनले आफ्नो जीवनयापन गरेका थिए । उनले पाकिस्तानमा बसेर भारतीय सेनालाई केही महत्वपूर्ण सूचनाहरु दिएका थिए । उनले केही मिसनको लागि पनि पाकिस्तानमा रहँदा महत्वपूर्ण योगदान दिएका थिए । उनले भारतका केही पुरस्कारबाट पनि सम्मानित गरिएको थियो ।

काश्मिर सिंह पाकिस्तानको जेलमा भारतको लागि जासुसी गरेको आरोपमा ३५ वर्षसम्म जेल बसेका थिए । उनले एकपटक पनि यो आरोपको स्वीकार भने गरेनन् । उनलाई पाकिस्तानी सेनाले राजनीतिक स्थानको तस्वीर खिच्ने काम दिएको थियो । तर सन् १९७३ मा उनले वास्तविकता खुलेको थियो र उनलाई जेल पठाइएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ