arrow

हात्तिपाइले निवारणका लागि २० करोड ६० लाख खर्चदै 

कपिलबस्तु जिल्लामा प्रिभलेज दर बढेकाले यसपाली एघारौ पटक खुवाइदै

logo
प्रकाशित २०७५ फागुन ११ शनिबार
hattipaile.jpeg

काठमाडौं। आउने १५ गतेदेखि सरकारले हात्तिपाइले रोग निवारणका लागि १५ जिल्लामा आम औषधि खुवाउने अभियान सुरु गर्दैछ। बिगतका बर्षहरुमा तीनदिन औषधी खुवाउने गरेपनि यसपाली भने १५ गते देखि निरन्तर खुवाउने अभियान जारी रहने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक बिबेक कुमार लालले जानकारी दिए।

गएको बर्ष २४ जिल्लाका करिब ९२ लाखलाई हात्तीपाइले रोग विरुद्धको औषधी खुवाइएको भएपनि यसबर्ष १५ जिल्लाका ७८ लाख ४९ हजार लाई औषधी खुवाउन लागिएको हो।

१५ गतेदेखि कार्यक्रम सञ्चालन हुने जिल्लाका  बडाबासीलाई औषधी खुवाउन नसकेसम्म अभियान जारी राख्ने महाशाखाले बताएको छ। कपिलबस्तु जिल्लामा प्रिभलेज दर बढेकाले यसपाली एघारौ पटक खुवाइदै ३० हजार हात्तिपाइले प्रभावित यो बर्ष अभियान सञ्चालन हुने जिल्लामा झापा, इलाम, पाँचथर, धनकुटा, मोरङ, बारा लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, र कञ्चनपुरमा हात्तिपाइले विरुद्धको औषधि वितरण गरिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बताएको छ। 

बारा जिल्लामा फेरी हात्तिपाइलेको प्रिभलेज दर एक प्रतिशत भन्दा माथी भएकाले यसपाली फेरी खुवाउन लागेको हो। प्रत्येक बर्ष खुवाइने यो औषधी ६ बर्षसम्म नियमित खानुपर्ने भएपनि कपिलबस्तु जिल्लामा पनि प्रिभलेज दर अर्थात संक्रमण दर बढेकाले यसपाली एघारौ पटक खुवाइन लागेको छ।

कपिलबस्तु लगायतका जिल्लामा ६ पटक नियमित खुवाउदा पनि हात्तिपाइलेका बिरामी देखिएकाले फेरी खुवाउने क्रम जारी रहेको महाशाखाले जनाएको छ। काठमाण्डौ उपत्यका लगायतका  देशका ३७ जिल्लामा यो औषधी नियमित ६ बर्षसम्म  खुवाउन सकिएकाले यो बर्ष अभियान सञ्चालन नभएको हो।

उपत्यका लगायत ४८ जिल्लामा प्रिभलेज दर एक प्रतिशत भन्दा कम भएकोले अब यी जिल्लामा यो समस्या आम जनस्वास्थ्य समस्याका रुपमा नभएकाले अभियान राकिएको पनि महाशाखा निर्देशक लालले बताए। ६३ जिल्ला अझै पनि हात्तिपाइले रोगको जिखिममा छ भने नेपालमा अहिलेसम्म ३० हजार हात्तिपाइले प्रभावित रहेको तथ्यांक छ। हिमाली १४ जिल्लामा भने यो रोग नदेखिएकाले औषधी सेवन कार्यक्रम सञ्चालन भएको छैन।  सन २००३ मा पर्सा जिल्लाबाट यो अभियान सुरु गरिएको हो। 

हात्तिपाइले के रोग हो ? 
क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट मानव शरिरको लिम्फ्याटिक प्रणालीमा असर गरेपछि त्यहा अस्वभाबिक बृद्धि हुनु नै हात्तिपाइले रोग लाग्नु हो। यो रोग लागेको ६ देखि १० बर्षपछि मात्रै शरिरको बाहिरी भागमा देखा पर्ने भएकाले रोग लाग्नु अघि नै औषधी सेवन गर्नुपर्ने चिकित्सक हरुको सुझाव छ। १५ जिल्लाका बिभिन्न बुथमा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा हात्तिपाइले बिरुद्धको डिइसी र अबलेन्डाजोल खुवाइदैछ।

२ बर्ष मुनीका केटाकेटी, गर्भवती एबं सात दिन भित्रका सुत्केरी आमाहरु, सिकिस्त बिरामी, क्यान्सर मुटुरोगी, कलेजोका रोगी, मृगौला रोगी, फोक्सोका दीर्घरोगी, छारे रोग लागेका बिरामी र कडाखाले कुपोषणका रोगी बाहेक सबैले हात्तिपाईले निवारणको औषधी सेवन गर्नुपर्ने हात्तिपाइले रोग निवारण कार्यक्रममा उल्लेख गरिएको छ।

औषधी सेवन गर्दा शरीरमा हात्तिपाईलेको जिवाणु भएकालाई सामान्य पेट दुख्ने, वाकवाक लाग्ने, टाउको दुख्ने, सरिर दुख्ने, पखला लाग्ने, अल्छी लाग्ने लगायतका सामान्य असर देखिएपनि एक दिन भित्रनै यस्ता असर आफै हराएर जाने महाशाखाले जनाएको छ। 

हात्तिपाइले निवारणका लागि २० करोड ६० लाख खर्चदै
सन् २०२० सम्ममा नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने सरकारको लक्ष्य छ। यसका लागि सरकारले हात्तिपाइले बिरुद्धको आम औषधी सेवन, बिरामी खोजपडताल र हाइड्रोशिल सर्जरीका लागि यसबर्ष २० करोड ६० लाख ७० हजार बजेट बिनियोजन गरेको छ। 

त्यस्तै, नेपालको कुल अंपाङ्गतामध्य करिब ३० हजार अपाङ्गता हात्तीपाइले रोगकै कारण हुने गरेकोमा त्यसमध्य सबैभन्दा धेरै हाइड्रोशिलका विरामी रहेको महाशाखाको तथ्यांकमा उल्लेख छ। नेपालमा हाइड्रोशिलका विरामी करीब ३० हजार रहेको तथ्यांक छ। 

नेपाल सरकारले हाइड्रोशिलका विरामीको निःशुल्क शल्यक्रिया सुरु गर्दै आएको छ। यस अन्तर्गत हालसम्म नेपाल सरकारद्धारा सूचिकृत करिब ६४ वटा अस्पतालबाट करिब ७ हजार नौ सय ५६ विरामीहरुले हाइड्रोशिलको शल्यक्रिया गरिसकेका छन्।

यसका लागि महाशाखाले प्रति विरामीका दरले अस्पताललाई छ हजार रुपैया समेत उपलब्ध गराउँदै आएको छ। सन् २०००सम्म विश्वका करिब १२ करोड मानिस यस रोगबाट संक्रमित रहेकोमा करिब ८ करोड मानिसहरुको अंगभंग भएको छ।

हालसम्म ४९.९ करोड मानिसहरुले पूर्णरुपमा उपचार पाएकोमा ६७ अर्व मानिसलाई हात्तीपाइले विरुद्धको औषधी खुवाइसकिएको छ। जापान, चीन, कोरीया तथा ताइवानले यो रोग निवारण गरिसकेका छन। दक्षिण पूर्वी एसियाका १२ देशमध्ये  श्रीलंका र माल्दिभ्समा मात्रै यो रोग निवारण भइसकेका छन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ