arrow

भियतनाममा भेटिए गजनीका आमीर, सम्झनलाई हातमै कार्डको ट्याटु

logo
प्रकाशित २०७५ फागुन १२ आइतबार
aamir-gajni.jpg

काठमाडौं । सन् २००८ मा रिलिज भएको आमीर खानको चलचित्र ‘गजनी’ मा उनले १५ मिनेटमा विर्स्ने गर्थे । १५ मिनेटपछि उनि सम्झनको लागि फोटो वा आफ्नो शरीरमा खोपिएको ट्याटु हेर्ने गर्थे । तर, मानिसहरु सामन्य हिसाबमा यसरी भने बिर्सँदैनन् ।        

 बिर्सने समस्या धेरैलाई नौलो समस्या होइन । मानिसहरु आफ्नो विभिन्न सामाग्रीहरु निस्कने बेलामा घरमा नै बिर्सिरहेका हुन्छन् । साथमा बोक्नुपर्ने र सम्झनुपर्ने कुरा धेरै भएको कारण पनि मानिसमा यो समस्या धेरै देखिन्छ ।

यस किसिमको बानीबाट पार पाउन एक व्यक्तिले एक अनौठो किसिमको उपाय खोजेका छन् । भियतनामका एक युवक धेरैजसो आफ्नो आईडिकार्ड बिर्सिने गर्थे । उनले यो समस्याको समाधानको लागि आफ्नो हातमा आईकार्डको ट्याटु बनाएका थिए ।

प्रतिवेदनअनुसार उनको सो योजना त्यतिबेला खुलेको थियो, जतिबेला उनी साथीको क्लबमा गएका थिए । क्लबका मानिसहरुले उनलाई मदिरा दिन अस्वीकार गरेका थिए । उनले आफ्नो कार्ड घरमा बिर्सेर आएका थिए । अहिले सामाजिक सञ्जालमा ट्याटुको तस्वीर भाइरल भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ