arrow

जहाँ केटी माग्न आउँदैनन्

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
385655930.jpeg
जितेन्द्र भण्डारी, पाँचथर । पाँचथरको सीमावर्ती गाउँमा केटी माग्न सिक्किमेहरु आउन छाडेका छन् । सिक्किम राज्य भारतमा गाभिनु भन्दा अघि सिक्किमेहरु चिवाभञ्ज्याङ हुँदै जिल्लाको सीमावर्ती गा.वि.स.च्याङथापु,फलैँचा र ओयाम आएर रितपूर्वक केटी मगाएर विवाह गर्ने गर्दथे । भारतसँग गाभिएपछि पनि करिव ३ दशकसम्म पातलो रुपमा वैवाहिक सम्वन्ध स्थापित भएतापनि एक दशक अघि देखि टुटेको छ ।

लिम्वू र राई समुदायको वाग्लो वस्ती रहेको सीमावर्ती गाउ सँग भाषिक,सांस्कृतिक मेल सिक्किमको छ । रहनसहन र चालचलन पनि उही छ । खुल्ला सीमाका कारण आवातजावत बाक्लै हुने गरेपनि वैवाहिक सम्वन्ध भने घटेपछि सांस्कृतिक सम्वन्धमा प्रभाव पर्दै गएको च्याङथापुका कृष्णवहादुर राईले बताए । ‘सानो छँदा सिक्किमेहरु केटी माग्दै गाउँमा आउँथे’ उनले भने, ‘बुढापाकाहरु लेकमा केही हुँदैन, छोरी चेलीले दुःख पाउँछन्, दिनु हुन्न भन्थे,तर अचेल सिक्किम भारतकै सुन्दर र समृद्ध राज्य भएपछि जिल्लाको सीमावर्ती गाउँका अभिभावकहरु पनि सिक्किमेहरुलाई छोरी दिन रुचाउने गरेका छन् ।’

भावनात्मक सम्वन्ध पनि सिक्किमसँग छ भन्ने त्यहाँको राज्य समृद्धी हुँदा वैवाहिक सम्वन्धमा प्रभाव पर्ने ठम्याई छ । राणाकालमा सर्वसाधारणलाई शिक्षाबाट बञ्चित गरिँदा सीमा क्षेत्रका केही मानिसहरुले सिक्किम र दार्जिलिङमा गएर अध्ययन गरेका थिए ।

कतिपयले उतै वैवाहिक सम्वन्ध गाँसेर बसेका संघीय लिम्वुवान पार्टी नेपालका उपाध्यक्ष समेत रहेका फलैँचाका स्थानीय मचिन्द्र वेघाले बताए । उनका अनुसार भारतसँग सिक्किम गाभिनु भन्दा अघि सिक्किमेहरु गरिवीको चपेटामा रहेका थिए भने पाँचथरको सीमा क्षेत्रमा लाहुरेहरुका वस्ती र महाजनहरु भएकाले सिक्किममा छोरी दिन चाहँदैनथे । अहिले भने ठिक उल्टो भएको उनको भनाई छ ।

जिल्लाको प्राङबुङ,मेमेङ,सिदिन र लुङरुपाका स्थानीयसँग पनि सिक्किमेहरुको विहेवारी पहिले निक्कै बाक्लो गरी चलेको बुढापाकाहरु बताउँछन् । सिक्किमबाटै दैनिक उपभोग्य वस्तु आयात गर्ने ती क्षेत्रका स्थानीयको परापूर्वकाल देखि सिक्किमसँग घनिष्ट सम्वन्ध छ । सीमाले वारी र पारी बनाएपनि भावनात्मक एकता सुढृड रहेको उनीहरुको बुझाई छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ