arrow

कांग्रेसले गर्यो जिल्ला परिषद बहिस्कार

logo
मणि प्रसाद गैह्रे।
प्रकाशित २०७२ फागुन २९ शनिबार
nepali-congress-party-sanepa.jpg.jpeg
कपिलवस्तु। आईतबार हुने जिल्ला विकास समिति कपिलवस्तुको जिल्ला परिषद नेपाली कांग्रेस पार्टीले बहिस्कार गर्ने जनाएको छ। जिल्ला विकास समितिले मनोमानि रुपमा  योजना छनौट र देशको ठुलो पार्टीलाई केही वास्ता नराखी एकलौटी केही राजनैतिक दलको मात्र कुराहरु सुनेर योजना वाँडफाँड गरेको हुंदा परिषद बहिस्कार गरिएको जनाइएको छ। 
 
समग्र विकासको पक्षमा वकालत गर्दै आइरहेको नेपाली काँग्रेसलाई हालको २१ औ जिल्ला परिषदको सन्दर्भमा केही समन्वय नगरी काम गरेकोमा काँग्रेसले विज्ञप्ती निकालेर विरोध जनाएको छ। 
 
जिल्लाको सम्रग विकास सवै गाविस नगरपालिका तथा सभागितात्मक रुपमा जान पर्ने प्रस्ताव राखे अनुसार जिविसले नगरेपछि आफुहरु बाहिरिएको काँग्रेसले जनाएको छ। भोली हुने जिल्ला परिषदमा काँग्रेसको कुनै सहभागिता नहुने र मनोमानि कार्यको विरुद्धमा नेपाली काँग्रेस उत्रने समेत जनाइएको छ। 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ