arrow

नेपाली जनसम्पर्क समिति भारतको ११ औँ अधिवेशन सम्पन्न

logo
प्रकाशित २०७५ फागुन १४ मंगलबार
janasamparka.jpg

भारत । नेपाली जनसम्पर्क समिती दक्षिण भारत क्षेत्रको ११ औँ अधिवेशन भारतको मद्रासमा सम्पन भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले कार्यक्रमलाई सम्बोधन गर्दै  जनसम्पर्क समिती भारतले नेपाली कांग्रेसलाई निर्वाचनमा प्रचार सामाग्रीसहित जन जनको घरमा पुगि सहयोग गर्दै आएको बताए ।

नेता लेखकले नेपाल भारत बिचको सम्बन्ध बढाउन,नेपालीहरुको पहिचान, नेपालको पर्यटन प्रवर्दन गर्न  भारतमा रहेका नेपालीहरुको महत्वपुर्ण भुमिका रहेको बताए । साथै नेपालका आन्दोलनहरुमा खेलेको भूमिकाको स्मरण गर्दै लेखकले नेपाली जानताको अबैतनिक राजदुतको रुपमा सेवा गर्दै आएका प्रवासीहरुको उच्च प्रशंसा गरे । उनले नव निर्वाचित कार्यसमितिलाइ बधाई समेत दिए ।

नेपाली कांग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य एवम नेपाली जनसम्पर्क समिती भारतका केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डेले प्रबासी नेपालीहरुका समस्याको बारेमा जानाकारी गराउदै नेपाली जनसम्पर्क समिती भारतले ७७ जिल्लाबाट आएका भारतको कश्मिरदेखी कन्या कुमारीसम्म  रहेका नेपालीहरुलाइ सेवा सहयोग गर्दै  संघसंगठनका गतिविधिमा लाग्न निर्देशन दिए ।

आमसभाबाटै भारतबाट नेपाल फोन गर्दा नेपाल सरकारकै कारण महङ्गो परि नेपालीहरु मर्कामा परेकोले तुरुन्तै  नेपाल सरकारले प्रक्रिया चाली नेपालबाट जस्तै  सस्तो मुल्यमा फोन गर्ने पाउने व्यवस्था गरिदिन अनुरोध गरे । उनले जनसम्पर्क समिती सदा नेपालको आमुल परिबर्तनमा सक्रिय भुमिका निभाउन सफल भएको तर नेपाल सरकार र पार्टीले सहि मुल्यांकन नगरेको गुनासो गरे ।

नेपाली  जनसम्पर्क समिती  दक्षिण भारत समितिको ११ औँ अधिवेशनमा सर्वसहमतिबाट देबिराम पौडेलको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन भएको छ । कार्यक्रममा नेपाल महिला संघ दक्षिण भारतकी  सिता निउरेको नेतृत्वमा कार्य समिती गठन गरिएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ